मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

क्षतविक्षत् गाजा, अस्पताल शव गृहमा परिणत हुने जोखिम

क्षतविक्षत् गाजा, अस्पताल शव गृहमा परिणत हुने जोखिम

अपि टाइम्स

एजेन्सी । इजरायलको आक्रमण र कठोर नाकाबन्दीका कारण गाजाका अस्पतालहरूमा अत्यावश्यकीय सेवासमेत बन्द हुने अवस्थामा पुगेका छन् । रेडक्रसको अन्तर्राष्ट्रिय समितिले गाजाका अस्पतालहरूमा बिजुली, पानी र अत्यावश्यकीय औषधिको अभाव हुन थालेको बताएको बीबीसीले जनाएको छ ।

रेडक्रसले बिजुली र पानीविना गाजाका अस्पतालहरू शवगृहमा परिणत हुने जोखिम रहेको चेतावनी दिएको छ । गाजाको एकमात्र ठूलो ुपावर प्लान्टु मा हिजो इन्धन सकिएको छ । इजरायलले गाजामा खाना, पानी र इन्धन लगायतका सबै वस्तु ठप्प पारेको छ ।

भीषण हवाई हमलाका कारण गाजामा सग्ला भवन देख्न मुस्किल छ । कैयौँ डाक्टर मारिएका छन् भने अस्पतालका भवन ध्वस्त भएका छन् । इजरायलको नाकाबन्दीका कारण नवजात शिशु र बिरामीहरूलाई अक्सिजन दिन नसकिएको, मिर्गौलाको डायलासिस रोकिएको र एक्स–रे सेवा बन्द हुने अवस्थामा पुगेको आईसीआरसीका निर्देशक फब्रिजियो कार्बोनीले बताउनुभयो ।

इजरायलले हमासले अपहरण गरेका एक सय ५० जना बन्धकलाई रिहा नगरेसम्म गाजामा बिजुली, आधारभूत सेवा र मानवीय सहायतालाई अनुमति नदिने वाचा गरेको छ ।

अघिल्लो शनिवार हमासले इजरायलमा गरेको आक्रमणका कारण १२ सय जनाको ज्यान गएको छ । बदलामा इजरायलले गाजामा हमला गर्दा १३ सय जनाभन्दा धेरैको ज्यान गएको छ । झन्डै दुई हजार जना हमासका लडाकु मारिएका इजरायलको दाबी छ ।