मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अञ्जनको गोलले लाओससँग नेपालको बराबरी

अञ्जनको गोलले लाओससँग नेपालको बराबरी

अपि टाइम्स

काठमाडौं । विश्वकप फुटबलको एसिया छनोटको पहिलो चरणमा नेपालले लाओससँग बराबरी खेलेको छ ।

बिहीबार दशरथ रंगशालामा भएको पहिलो लेगको खेलमा नेपालले लाओससँग १–१ गोलको बराबरी खेलेको हो ।

विश्वकप छनोटको दोस्रो चरणमा स्थान बनाउने लक्ष्य सहित मैदान उत्रिएको नेपालले पहिलो लेगमा अग्रता लिने अवसर भने गुमाएको छ । बिहीबारको दिन फरवार्ड अन्जन विष्टले अन्तराष्ट्रिय फुटबलमा १३ गोलको कीर्तिमान भने बराबरी गरेका छन् ।

उनले नेपालका लागि हरी खड्का र निराजन रायमाझीले अन्तराष्ट्रिय फुटबलमा सर्वाधिक १३ गोलको कीर्तिमानलाई बराबरी गरेका हुन् ।

पाहुना टोली लाओसले खेलको ३३ औं मिनेटमा सुरुआती अग्रता बनाएको थियो । लाओसका लागि कप्तान बोनफाचन बौकोङ्गले नेपाली डिफेन्डरलाई बिट गर्दै खेलमा खाता खोलेका थिए ।

पहिलो हाफमा नेपाल १–० ले पछि परेको थियो ।

दोस्रो हाफमा नेपाल अन्जन विष्टको गोलमा खेलमा फर्किएको थियो । अन्जनले खेलको ४७ औं मिनेटमा कर्नर बललाई सदुपयोग गर्दै हेडमार्फत बराबरी गोल गरेका थिए ।

फिफा वरियतामा आफुभन्दा तल रहेको लाओसमाथि जितको लक्ष्य सहित मैदान उत्रिएको थियो । तर लाओसले घरेलु टोली नेपाल समक्ष कडा चुनौती पस्कियो ।

दोस्रो हाफमा सुधारिएको प्रर्दशन गरेपनि नेपालले लाओसविरुद्ध जित निकाल्न भने सकेन । पछिल्लो बराबरीले नेपालले अघिल्लो चरण प्रवेशको सम्भावनालाई कठिन बनाएको छ ।

नेपालले दोस्रो लेग अब लाओसको घरेलु मैदानमा अक्टोबर १७ मा खेल्नेछ ।