मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोशीको मुख्यमन्त्रीमा माओवादीका आङ्बोको दाबी पेस

कोशीको मुख्यमन्त्रीमा माओवादीका आङ्बोको दाबी पेस

अपि टाइम्स

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्र, कांग्रेस, जसपा, एकीकृत समाजवादीलगायतका दलहरूको गठबन्धनबाट माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले दाबी पेस गरेका छन् । आङ्बोले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्री पदका लागि दाबी पेस गरेका हुन् ।

कोशीको मुख्यमन्त्रीमा गठबन्धनबाट माओवादीका आङ्बोको दाबी पेस

मुख्यमन्त्रीमा दाबी पेस गर्न आङ्बोसहित कांग्रेस प्रदेश सभा संसदीय दलका नेता उद्धव थापा, एकीकृत समाजवादीका राजेन्द्र राईलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
कोशीको मुख्यमन्त्रीमा कांग्रेसको शेखर कोइराला क्षका केदार कार्कीले पनि दाबी गर्ने तयारी गरेका छन् । कार्कीले एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी गर्न लागेका हुन् ।

कोशी प्रदेशसभामा एमालेका उपसभामुखसहित ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपाका १ सदस्य छन् ।