मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घुम्दैफिर्दै रुम्झाटार उखान कसरी शुरु भयो ?

घुम्दैफिर्दै रुम्झाटार उखान कसरी शुरु भयो ?

अपि टाइम्स

दीपक पौडेल । ओखलढुङ्गाको रुम्जाटार भन्ने ठाउँमा रुम्दाली राईहरूको किपट भूमि थियो । त्यहाँ ठोट्ने र सिस्ने भन्ने दुईवटा खोला बगेका छन् । ती खोलाहरू भन्दा माथि समथर टार छ र टार भन्दा माथि डाँडाहरूले घेरेको छ ।

हाम्रा पूर्खा त्रिलोचन उपाध्याय एउटा धनाढय व्यक्ति हुनुहुँदो रहेछ । पृथ्वीनारायण शाहले नेपाल राज्य विस्तार गर्ने बेलामा कोशीपारी चौदण्डी र विजयपुर राज्य थिए ।

हाम्रा पूर्खाहरूलाई पृथ्वी नारायण शाहले सेनालाई दिने पैसा मागेका रहेछन् । रातीमा पृथ्वी नारायणका तीनवटा पल्टनलाई कोशी तार्न हाम्रा पुर्खाहरूले मद्दत गरेका रहेछन् । पृथ्वीनारायणका सेनाहरू लड्दै गयो , घुमिफिरी रुम्जाटार नै आउँदा रहेछन् । हिंडयो हिंड्यो सेनाहरू रुम्जाटारमै हुँदा रहेछन् । त्यही भएर त्यतिबेलादेखि घुमिफिरी रुम्जाटार भन्ने उखान प्रचलनमा आएको रहेछ ।