मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अर्थले महालेखालाई भन्यो ‘दसैँअघि खाद्यान्नको र तलब भत्ताको भुक्तानी नरोक्नू’

अर्थले महालेखालाई भन्यो ‘दसैँअघि खाद्यान्नको र तलब भत्ताको भुक्तानी नरोक्नू’

अपि टाइम्स

काठमाडौँ । दसैँअघि खाद्यान्न र तलब भत्ता लगायतमा प्रतिवद्ध खर्चको भुक्तानी नरोक्न अर्थ मन्त्रालयले पत्र लेखेको छ।

भुक्तानी दिने कोष तथा लेखा नियन्त्रक कार्यालयलाई निर्देशन जारी गर्दै अर्थले महालेखा नियन्त्रकको कार्यालयलाई पत्र लेखेको हो।

अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले महालेखा नियन्त्रको कार्यालयलाई सम्बोधन गरेर बिहिबार पत्र लेखेको हो। कोष तथा लेखा नियन्त्रको कार्यालयहरु महालेखा अन्तर्गत पर्छन्। उनीहरुले नै सरकारी निकायको रकम भुक्तानी गर्दै आएका छन्।

पत्रमा भनिएको छ, ‘यसअघि जारी गरिएको निर्देशनहरु जे जसो भए पनि तलब भत्ता र खाद्यान्न लगायतका प्रतिवद्ध भुत्तानीको हकमा त्रैमासिक रुपमा विभाजन भएको बजेटको सीमा लागू नहुने व्यहोरा निर्णय भएको छ।’

यहि असोज ५ गते अर्थले खर्चमा कडाई गर्न भन्दै पत्र लेखेको थियो। जसमा भनिएको थियो, ‘यसअघि त्रैमासिक विभाजनमा उल्लेखित रकमभन्दा फरक पारी भुक्तानी हुने गरेको बुझिएकोले सीमाभित्र रही भुक्तानी दिन अनुरोध छ।’
सीमाभन्दा बाहिर गएर भुक्तानी गर्दा संघीय सरकारलाई नगद व्यवस्थापन गर्नसमेत चाप पर्ने मन्त्रालयले उल्लेख गरेको थियो।

एकल खाता कोष प्रणालीबाट भुक्तानी गर्दा त्रैमासिक विभागमा उल्लेखित रकमभन्दा फरक पारी भुक्तनी हुने गरेको बुझिएकाले उक्र विषय कानुनविपरीत हो। नगद व्यवस्थापनमासमेत समस्या हुने भएकाले सीमाभित्र रहेर मात्रै भुक्तानी गर्न भनिएको थियो।