मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाकिस्तानले दिएको १९२ रनको झिनो लक्ष्य पछ्याउँदै भारत ब्याटिङमा

पाकिस्तानले दिएको १९२ रनको झिनो लक्ष्य पछ्याउँदै भारत ब्याटिङमा

अपि टाइम्स

काठमाडौँ — विश्वकपअन्तर्गतको खेलमा पाकिस्तानले भारतलाई १९२ रनको लक्ष्य दिएको छ । अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४२।५ ओभरमा सबै विकेट गुमाउँदै १९१ रन बनाएको हो ।

पाकिस्तानका लागि कप्तान बाबर आजमले सर्वाधिक ५० रन बनाए । ५८ बल सामना गरेका उनले ७ चौका प्रहार गरे । त्यस्तै मोहम्मद रिजवानले ६९ बलमा ४९ रन बनाए ।

पाकिस्तानका ओपनर ब्याटरद्वय अब्दुल्लाह शफिक र इमाम उल हकले क्रमशस् २० र ३६ रन बनाए । भारतका लागि जसप्रित बुमराह, मोहम्मद सिराज, हार्दिक पाण्ड्या र कुलदीप यादव, रवीन्द्र जडेजाले २र२ विकेट लिए ।

विश्वकप क्रिकेटमा पाकिस्तानमाथि भारत हाबी हुँदै आएको छ । अहिलेसम्म विश्वकपमा ७ पल्ट आमनेसामने हुँदा सबै खेलमा भारत विजयी भएको छ । विश्व क्रिकेटकै सबैभन्दा ठूलो रंगशालामा भारत(पाकिस्तानको खेल रोचक हुने अपेक्षा गरिएको छ । नरेन्द्र मोदी रंगशाला १ लाख ३२ हजार दर्शक क्षमताको हो ।