मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वहराइनविरुद्ध नेपालः दीपेशको घातक बलिङ, ९.५ ओभर, ६ विकेट, ४ रन, ८ मेडन

वहराइनविरुद्ध नेपालः दीपेशको घातक बलिङ, ९.५ ओभर, ६ विकेट, ४ रन, ८ मेडन

अपि टाइम्स

काठमाडौँ। दीपेश कँडेलको घातक बलिङमा एसीसी यू–१९ प्रिमियर कपमा बहराइनविरुद्ध जितका लागि नेपालले ७८ रनको झिनो लक्ष्य पाएको छ।

आइतबार टस जितेर पहिले ब्याटिङ गरेको बहराइन ३७.५ ओभरमा ७७ रन बनाउँदा अलआउट भयो।
बहराइनलाई कम स्कोरमा रोक्न घातक बलिङ गरेका दीपेश कँडेल एक्लैले ६ विकेट लिए। ९.५ ओभर बलिङ गरेका दीपेशले ८ मेडन राख्दै मात्र ४ रन दिए।

दुर्गेशले ८ ओभरमा १ मेडन राख्दै २२ रन दिएर ४ विकेट लिए। बहराइनका ब्याटरहरू नेपालका बलरसामु लामो समय क्रिजमा टिक्न सकेनन्।

एक समय १०.५ ओभरमा १७–४ को अवस्थामा रहेको बहराइनका लागि पाचौँ विकेटका लागि मुहम्मद बसिल अअब्दुल हाकिम र अभिनव गिरिस वशिष्टले ४४ रनको साझेदार गर्दै इनिङस् उकासेका थिए।

मुहम्मदले सर्वाधिक ३४ रन बनाउँदा दुर्गेशको बलमा बोल्ड आउट भए।