मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले कोशी प्रदेशको सरकारमा जाने, रामबहादुर राना मन्त्री

एमाले कोशी प्रदेशको सरकारमा जाने, रामबहादुर राना मन्त्री

अपि टाइम्स

काठमाडौँ । नेकपा (एमाले) ले कोशी प्रदेशको सरकारमा जाने तयारी गरेको छ।

एमाले कोशी संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले आफूहरूकै समर्थनमा कांग्रेसका केदार कार्की मुख्यमन्त्री भएकाले आफूहरू स्वाभाविक रूपमा सरकारमा सहभागी हुने बताए।

उनले सरकारमा कसलाई पठाउने भन्नेबारे मुख्यमन्त्री कार्कीसँग हिजो सामान्य छलफल भएको र आज उनी काठमाडौंबाट फर्किएपछि थप छलफल गरेर निर्णय गर्ने बताए।

एमाले स्रोतका अनुसार इलामका रामबहादुर रानालाई सरकारमा पठाउने तयारी छ।

तर मुख्यमन्त्री कार्की नेतृत्वको सरकारमा माओवादी सहितका दलहरू सहभागी हुने भए भने आफूहरू सरकारमा नजाने कार्कीले बताए।

नवनियुक्त मुख्यमन्त्री कार्कीले आइतबार दिउँसो २ बजे शपथ लिने कार्यक्रम छ।

आजै कांग्रेसका एक जना अर्का मन्त्रीले पनि शपथ लिने तयारी छ।

मुख्यमन्त्री कार्कीनिकट स्रोतका अनुसार उनलाई मुख्यमन्त्री बनाउन समर्थन गर्ने ७ जना सांसदमध्ये कसैलाई बनाउने कि कांग्रेसकै अरू सांसदलाई मन्त्री बनाउने भन्नेबारे टुंगो लाग्न बाँकी छ।