काठमाडौं । एसिसी प्रिमियर कप यु १९ क्रिकेटमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ।
मलेसियाको बायोमास ओभलमा टस जितेर पहिले ब्याटिङ रोजेको बहराइनलाई नेपालले ३७.५ ओभरमा अलआउट गर्दै ७७ रनमा समेटेको थियो। जवाफमा नेपालले उक्त लक्ष्य ११.४ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो।
बहराइनलाई सस्तैमा समेट्ने क्रममा दीपेश कँडेलले ९.५ ओभरमा ४ रन खर्चेर ६ विकेट लिए। उनले ५९ बल गर्दा ५७ बल डट फाले। उनको घातक बलिङको सहयोगमा बहराइनका १० खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बहराइनका मोहम्मद बासिल अब्दुल हाकिमले ७७ बलमा २ चौका र २ छक्कासहित ३४ रन बनाउनु सर्वाधिक रह्यो। यु(१९ क्रिकेटमा यो उनको यो करिअरको उत्कृष्ट प्रदर्शन हो। गत फागुनमा नेपाललाई आइसिसी यु १९ विश्वकप २०२४ मा पुर्याकउन ह्याट्रिक लिँदै सनसनीपूर्ण प्रदर्शन गरेका थिए।
७८ रनको लक्ष्य पछ्याएको नेपालले खराब सुरुवातका बाबजुत अर्जुन कुमाल र कप्तान देव खनालले चौंथो विकेटका लागि ६८ रनको अविजित साझेदारी गरे।
उनीहरूले ५५ बलमा ६८ रनको साझेदारी गरेका थिए। खनाल ३२ रनमा अविजित रहँदा अर्जुन कुमाल पनि ३२ रनमै अविजित फर्किएका थिए।
प्रतिक्रिया