मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अफगानिस्तानका बलरसामु इङ्ग्ल्यान्ड नीरिह, २ सय ८५ रनको लक्ष्य भेट्न मुस्किल

अफगानिस्तानका बलरसामु इङ्ग्ल्यान्ड नीरिह, २ सय ८५ रनको लक्ष्य भेट्न मुस्किल

अपि टाइम्स

काठमाण्डौ – आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा अफगानिस्तानले इङ्ग्ल्यान्डलाई २ सय ८५ रनको लक्ष्य दिएको छ ।

दिल्लीको अरुण जेट्ली स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तान ४९ ओभर ४ बलमा २ सय ८४ रनमा अलआउट भयो । अफगानिस्तानका रहमानुल्लाह गुरबाजले सर्वाधिक ८० रन बनाए । यस्तै इक्राम अलिखिलले ५८ रन जोडे । बलिङतर्फ इङ्ग्ल्यान्डका अदिल रशिदले ३ र मार्क वुडले २ विकेट लिए ।

आजको खेलमा भने इङ्ल्याण्डको कमजोर प्रदर्शन जारी छ । ३० ओभरको खेल सकिँदा इङल्याण्डले ६ विकेट गुमाएर जम्मा १४३ रन बनाएको छ । यो गतिले उसको हार निश्चित छ ।

इङ्ग्ल्यान्ड २ खेलमा २ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ भने अफगानिस्तान उति नै खेलमा अङ्कविहीन हुँदै पुछारमा छ ।