मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ब्याडमिन्टन ‘ए’ मा प्रकाश र ‘बी’ मा मेयर अर्यालको जोडी प्रथम

ब्याडमिन्टन ‘ए’ मा प्रकाश र ‘बी’ मा मेयर अर्यालको जोडी प्रथम

अपि टाइम्स

कपिलवस्तु । वाणगङ्गा नगरपालिकामा भएको वडा स्तरीय ब्याडमिन्टन प्रतियोगितामा मेयर चक्रपाणी अर्यालको टिम र सरोज मल्लको टिम प्रथम भएका छन् ।

बाणगङ्गा नगरपालिका वडा नम्बर ४ ठाकुरापुरमा रहेको नव प्रभात युवा क्लवले आयोजना गरेको ब्याडमिन्टन प्रतियोगितामा समुह ‘ए’ तर्फ प्रकाश सेन र सरोज मल्ल तथा समुह ‘बि’ मा नगर प्रमुख चक्र अर्याल र ठगराज पौडेलको जोडी विजयी भएका आयोजक एनपिसिटीले जनाएको छ ।

समुह ‘ए’ मा प्रकाशको जोडीले शक्ति सिंह ठकुरी र लक्ष्मण थापाको जोडीलाई पराजित गर्यो भने समुह ‘बि’ तर्फ मेयर अर्यालको जोडीसंग नरेश कुवंर र खुमानन्द घिमिरेको जोडी पराजित भएको थियो ।

प्रथम हुने ए टिमले नगद ६ हजार ५ सय र समुह ‘बि’ मा प्रथम हुनेले ५ हजार रुपैयाँ शिल्ड मेडल र प्रमाण पत्र पाएका क्लबका अध्यक्ष मिलन चालिसेले जानकारी दिए । खेल असोज २६ गतेदेखि २८ गते आइतबारसम्म सञ्चालन भएको थियो ।