मधुसुदन भुसाल, कपिलवस्तु । नवरात्रको पहिलो दिन मुलकका बिभिन्न नवदुर्गा मन्दिरमा घटस्थापना गरिएको छ । बिभिन्न जातजाति र भाषभाषिका नेपाली नागरिकले वडादशैँको स्वागत स्वरुप घटस्थापना गरेका हुन् । यसैबीच कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ५ कोपवामा थारु चौधरी समुदायले दुर्गा मन्दिर निकै आकर्षक ढंगले सजाएका छन् ।
पश्चिम मधेस भूभाग मा बसोबास गर्ने थारु चौधरी समुदायमा घटस्थापनालार्इ सामुदायिक रुपमा धुमधामसंग मनाउने चलन छ । बिहान उज्यालो नहुदै झिसमिसेमा नुहाईधुवाई गरेर खालि खुट्टा आफ्नो सास्कृतिक पोसाकमा दुर्गा माताको लागि नदी बगर र खोलामा पुगेर कन्याहरुले जल भरेर दुर्गा मन्दिर स्थापित गरेको स्थानमा बोकेर ल्याउँछन् ।
यस्तै थारु समुदायको मौलिक बाजा (ब्याण्ड बाजा ) तथा ठुला ठुला डीजेहरु ट्रयाक्टर, जिप, पिक अप भ्यानमा राखेर जल लिएर आउनेहरुको पछिपछि बजाउदै हिड्ने गर्दछन भने समुदायमा रहेका अन्य मानिसहरु उक्त बाजाको तालमा नाच्दै रमाउदै हर्सौल्लासका साथ देबीको निम्ति जल लिएर आउँछन । नवदुर्गा अवधिभर नित्य कर्म तथा नवदुर्गाको ब्रत बसेर देबीलार्इ प्रसन्न गराउने गर्दछन । बिशेष गरि मुहुर्त अनुसार दुर्गा देबी लगायत अन्य भगवान हरुको मुख हेर्ने कार्यक्रम अनौठो किसिम को हुन्छ । दुर्गा पुजा समितिले उक्त मुर्ति हेर्न र मुहारको कपडा हटाउन का निम्ति चिट्ठा थुत्ने कार्यक्रम राख्ने गर्दछन् ।
पहिले पहिले जसले धेरै दान गर्छ उसले खोल्ने गरेको पाइन्थ्यो भने अहिले गोलाप्रथा गराइने गरिन्छ । दान गर्न सक्नेले मात्र मुख हेर्न पाउने दाङ गर्न अशक्त अथवा थोरै दान गर्नेले कहिल्यै मुख हेर्न नपाउने कारण सौलियतमा चिट्ठाको आयोजना गर्ने गर्दछन । चिट्ठा थुत्दा सबैलाई सहुलियत हुने र धनी गरिब भनेर विभेद नहुने हुनाले गोलाप्रथा एकदमै राम्रो कदम रहेको उक्त पुजा समितिको भनाइ छ । दश दिनसम्मको पुजा नित्य कर्म र नाचगानपश्चात दशमीको अर्को दिनसम्मको नित्य कर्म लगतै एकादासीका दिन पुनः उक्त जल र देबी देवता का मुर्ति हरुलाई नदि खोला मा बिसर्जन गर्ने गर्दछन ।
बिसर्जनका दिन समुदाय मा रहेका हरेक इच्छुकहरु बाजागाजाका साथ बिसर्जनमा जाने गर्छन । नवदुर्गा रहुन्जेल पुजा आरति संगै साझ सधै बाजा गाजा सहित नाच गान तथा भब्य रमाइलो गरि मनाइने नाबरात्री अरु ठाउमा भन्दा अलिकति भिन्दै हुने पाइन्छ । पश्चिम कपिलबस्तु, दाङमा भब्य तरिकाले मनाइने नाबरात्रीको रमाइलो हेर्न नेपालका अन्य भूभाग बाट मानिसहरुको घुइचो हरेक बर्ष दोब्बर देखिन्छ ।
फोटोः साहित्य न्यौपाने
प्रतिक्रिया