मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आजदेखि नयाँ नोट साट्न पाइने, एक जनालाई मात्र १८ हजार

आजदेखि नयाँ नोट साट्न पाइने, एक जनालाई मात्र १८ हजार

अपि टाइम्स

काठमाडौँ । आजदेखि दशैँको लागि नयाँ नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले यसपालिका लागि नयाँ नोट साट्न उपत्यकाका २२ ठाउँ तोकेको छ।

सरकारी स्वामित्व रहेका तीन बैंकका २१ शाखा कार्यालय र राष्ट्र बैंकको थापाथली कार्यालयबाट नयाँ नोट सटही गर्न पाइनेछ।

राष्ट्र बैंकले आफ्नो मातहतका बैंकका तोकिएका शाखा र आफ्ना कार्यालयहरुबाट नयाँ नोट सटही गर्ने बताएको छ।

विगतमा जस्तै राष्ट्र बैंकले एक जनालाई १८ हजार ५०० रुपैयाँसम्म सटही उपलब्ध गराउने भएको छ। पाँच रुपैयाँ, १०, २०, ५० र सय रुपैयाँ दरको एकरएक गड्डी नोट सर्वसाधारणले साट्न पाउने छन्।

राष्ट्र बैंक र वाणिज्य बैंकहरुबाट समेत नयाँ नोट वितरण हुने छ। वाणिज्य बैंकले नयाँ नोट वितरण गर्ने शाखा तोक्ने छन्।

उपत्यकाबाहिर राष्ट्र बैंकका बिराटनगर, जनकपुर, विरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज तथा धनगढी शाखा कार्यालयबाट नोट सटही हुनेछ।

साथै राष्ट्र बैंकले नोटको जतन गर्न, केरमेट नगर्न तथा कुनै पनि तवरले क्षति नपुर्याउन सबैलाई आग्रह गरेको छ। त्यस्ता कार्य गरेमा मुलुकी अपराध ऐनअन्तर्गत ३ महिनासम्म कैद र ५ हजार रुपैयाँसम्म जरिवाना हुनेछ।