काठमाडौँ । पूर्वमिस नेपाल शृंखला खतिवडाले कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियासँग आफ्नो प्रेम सम्बन्ध रहेको स्वीकार गरेकी छन्।
इन्स्टाग्राममा आइतबार साँझ सम्भवसँगका रोमान्टिक तस्बिररभिडिओ सार्वजनिक गर्दै शृंखलाले ‘ठूलो साहस’का साथ प्रेम सम्बन्ध स्वीकार गरेकी हुन्।
‘नमस्ते हामी सम्भव र शृंखला हौँ। हाम्रो बीचको नाम होपलेस–रोमान्टिक हो’, उनले लेखेकी छन्, ‘हामी दुवै अन्तर्मुखी स्वभावका व्यक्तिलाई आफ्नो प्रेम सार्वजनिक गर्न ठूलै साहस जुटाउनुपरेको छ। तर, यो हामीले भन्नैपर्ने समय हो।’
शृंखलाले आफूहरूको प्रेम सम्बन्ध सार्वजनिक गर्न पाउँदा खुसी लागेको उल्लेख गरेकी छन्।
प्रतिक्रिया