मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रोहितको कप्तानीमा क्रिकेट टिमको घोषणा, सूचिमा छैनन् सन्दीप

रोहितको कप्तानीमा क्रिकेट टिमको घोषणा, सूचिमा छैनन् सन्दीप

अपि टाइम्स

काठमाडौं । काठमाडौंमा हुने त्रिकोणात्मक क्रिकेट सिरिजका लागि राष्ट्रिय क्रिकेट टिमको घोषणा गरिएको छ ।

नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय नेपाली टिमको घोषणा गरेको हो ।

पौडल कप्तान रहेको नेपाली टिममा आरिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र ऐरी, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करन केसी, प्रजित जिसी, ललित राजभण्डारी, अभिनाश बोहरा, विवेक यादव, सागर ढकाल, बिनोद भण्डारी, लोकेश बम, सुर्य तामाङ र मौसम ढकाल रहेका छन् ।

हङकङ र यूएईलाई समावेश गरेर नेपालले काठमाडौंमा त्रिकोणात्मक क्रिकेट सिरिजको आयोजना गर्दैछ ।

टी ट्वान्टी विश्वकप छनोटको तयारी स्वरुप सिरिज आयोजना हुन लागेको हो । लिग चरणका खेल मुलपानी अन्तराष्ट्रिय क्रिकेट मैदानमा र फाइनल खेल त्रिवि खेल मैदानमा हुने कार्यक्रम छ ।

नेपाली टिमको सूचिमा सन्दीप लामिछाने छैनन् । सन्दीपले यसअघि आफु मानसीक रुपमा थकित भएको भन्दै केही समय परिवारसँग बिताउन चाहेको बताएका थिए । सोही कारण त्रिकोणात्मक सिरिजमा आफुलाई नराख्न भनेका थिए ।

सन्दीपको इच्छा अनुसार क्यानले उनलाई त्रिकोणात्मक सिरिजमा राखेको छैन ।