मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भक्तपुरको सल्लाघारी दशैंका च्याङ्ग्राले भरिभराउ

भक्तपुरको सल्लाघारी दशैंका च्याङ्ग्राले भरिभराउ

अपि टाइम्स

काठमाडौं । दशैँको लागि भनेर आएका च्याङ्ग्राले काठमाण्डौँका केहि ठाउँ भरिभराउ देखिएका छन् । हिन्दुहरुको ठूलो पर्व दशैं लाग्दा काठमाडौँमा भेँडा च्याङ्ग्राको माग पनि बढ्छ ।

त्यहि अनुसार ब्यापारीले खसी, बोका,च्याङ्ग्रा ल्याउने गर्दछन् । मुख्यगरी दुर्गालाई बली चढाउन र मासु खानको लागि भेँडा च्याङ्ग्रा प्रयोग गरिन्छ ।
सोमबार भक्तपुरको सल्लाघारीमा व्यापारीहरुको दुई समूहले च्याङ्ग्रा ल्याएको छ । व्यापारीहरुका अनुसार यी च्याङ्ग्रा चीनको तिब्बत र मनाङबाट ल्याइएको हो ।

यो च्याङ्ग्रालाई व्यापारीले जिउँदोमा नै १३५० रुपैयाँमा बिक्री गर्ने बताएका छन् । हिमाली क्षेत्रमा पालिने च्याङ्ग्राको मासु खसीबोकाको भन्दा मिठो र पोषिलो हुन्छ भन्ने विश्वास छ ।