मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

झन्डै २ बर्षपछि मायादेवीमा आए नयाँ हाकिम, चुनौतिको चाङमा जिम्मेवारी

झन्डै २ बर्षपछि मायादेवीमा आए नयाँ हाकिम, चुनौतिको चाङमा जिम्मेवारी

अपि टाइम्स

कपिलवस्तु । लामो रिक्ततापछि मायादेवी गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । झन्डै २ बर्ष देखि निमित्तको भरमा चल्दै आएको गाउपालिकामा नयाँ प्रमुख प्रशाकीय अधिकृतकारुपमा सबिन सिंह चौधरी आएका हुन् । उनलाई गाउपालिका अध्यक्ष बलिउद्धिन मुसलवानले सोमबार स्वागत गरेका थिए ।

चौधरी लामो रिक्ततापछि आएका हुनाले उनीमाथी धेरै जिम्मेवारी रहेका छन् । नीति , कार्यक्रम र बजेटको ईन्ट्री, मुखैमा आएको दशैँमा पालिकामा कार्यरत कर्मचारी र विद्यालयका शिक्षलाई कात्तिक ४ गते भित्रै तलव खुवाउनु पर्ने बाध्यता, प्रमुख र उप प्रमुखबिच असमझदारी र तिक्ततालगायतका समस्या झेलिरहेको अवस्थामा प्रमुख प्रशासकीय अधिकृतलाई काम गर्न भने त्यति सहज हुने छैन । यिनै चुनौतिको चाङमा चौधरीलाई काम गर्नुपर्ने अवस्था छ ।

जिल्लाको महाराजगंज नगरपालिकामा पुखौली घर भई कक्षा १० सम्म जिल्लामामै अध्ययन गरेका उनले काठमाण्डौमा गई उच्च शिक्षा लिएका थिए । सानैदेखि तीक्ष्ण बुद्धिका उनले संगै लोकसेवाबाट अधिकृतमा नाम निकालेर निजामति सेवामा प्रवेश गरेका थिए ।

आफ्नै जिल्लाको रहेका कारण सबैलाई मिलाएर काम गर्ने उनले बताएका छन् । जनप्रतिनिधि र कर्मचारीबीच राम्रो सम्बन्ध हुन सके सबै चुनौतीहरुलाई चिरेर काम गर्न सकिने उनले बताए ।
बेरुजु धेरै हुने र भ्रष्टाचारका आरोप धेरै लाग्ने गरेको गाउँपालिकामा काम गर्न सहज भने नभएको कतिपय बताउँछन् ।