मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वकप छनोटः आज दोस्रो लेगमा भिड्दै नेपाल र लाओस

विश्वकप छनोटः आज दोस्रो लेगमा भिड्दै नेपाल र लाओस

अपि टाइम्स

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत आज (मंगलबार) नेपाल र लाओस एसिया क्षेत्र छनोट प्रारम्भिक चरणको दोस्रो लेगमा भिड्दै छन्।

खेल साँझ पौने ६ बजेपछि नेसनल स्टेडियममा सुरु हुनेछ। यसअघि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो लेगमा १र१ को बराबरी गरेका दुवै टोली जित निकाल्दै दोस्रो चरणमा स्थान सुरक्षित गर्न चाहन्छन्।

घरेलु मैदानमा हुने खेलमा लाओसले अवे गोलको फाइदा लिन पाउने छैन। निर्धारित समयमा खेल बराबरी भए खेलमा ३० मिनेट थप गरिनेछ। थपिएको ३० मिनेटमा पनि बराबरी भए खेलको निर्णय पेनाल्टी सुट आउटबाट लिइनेछ।

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले आफूहरु जित्न मैदान उत्रने बताएका छन्।

मुख्य प्रशिक्षक एनेसले भने, ‘यो खेल नेपाल र मेरो लागि पनि निकै महत्त्वपूर्ण छ। यदि हामीले अगाडि बढ्ने हो भने, हामीले जित्नुपर्छ। हामी लाओससँगको भिडन्तका लागि तयार छौं। हामी आक्रामक फुटबल खेल्नेछौं। हामीले आफैँमा ध्यान केन्द्रित गर्न आवश्यक छ।’

टोलीका कप्तान किरण कुमार लिम्बुले भने, ‘यो खेल हाम्रो लागि निकै महत्वपुर्ण छ, पहिलो खेल निकै निरासाजनक रहेको थियो। हामी राम्रो खेल प्रस्तुत गर्न चाहान्छौँ।’

उता लाओसका प्रशिक्षक कालाया सिसोम्वाङले आफुहरुले अघिल्लो खेलबाट सिकेका धेरै कुरालाई विश्लेषण र अध्ययन गरेको बताए।