मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ब्रदर्श क्लवले उचाल्यो दोश्रो फुलबारी कपको उपाधि, एनएसवाइसी स्तब्ध

ब्रदर्श क्लवले उचाल्यो दोश्रो फुलबारी कपको उपाधि, एनएसवाइसी स्तब्ध

अपि टाइम्स

कपिलवस्तु । ‘दोस्रो मोतिपुर फूलबारीकप फूटबल प्रतियोगिता’ को उपाधि ब्रदर्श क्लव चप्परगाउँले हात पारेको छ । वडा नम्बर ७ को फुलबारी रंगशालामा भएको निकै रोमाञ्चक खेलमा वडा नम्बर ८ बाट प्रतिनिधित्व गरेको एनएसवाइसी क्लवलमाथि संघर्षपूर्ण जित निकाल्दै ब्रदर्शले उपाधि जितेको हो ।

ब्रदर्शको जितमा खेलको पहिलो हाफमा फागुराम थारुले एक मात्र निर्णायक गोल गरे । खेलमा ‘म्यान अफ दि म्याच’ बनेका उनले हेडमार्फत् आकर्षक गोल गरेका थिए । उनले प्रहार गरेको बललाई विपक्षीका गोल रक्षकले नियन्त्रण गर्ने प्रयास गरे पनि चिप्लिएपछि बलले जाली चुम्न सफल भएको थियो ।

पहिलो हाफमा विपक्षीमाथि हावी बनेको ब्रदर्श दोश्रो हाफमा भने कमजोर देखिएको थियो । दोश्रो हाफमा ब्रदर्शका एक खेलाडीले रातो कार्ड पाएपछि भने चौवा हावी भयो । ब्रदर्शले रातो कार्ड पाएपछि एकै छिन् खेलमा तनावको स्थिति सिर्जना भएको थियो । खेलको अन्तिमतिर गोल गर्ने केहि मौका सिर्जना गरे पनि नतिजा नआउँदा चौवा उपविजेतामा सिमिति हुन पुगेको हो ।

उपाधिसंगै ब्रदर्शले नगद ८१ हजार शिल्ड, मेडल र प्रमाण पत्र हासिल गर्यो । दोश्रो स्थान हासिल गरेको चौवाले ३५ हजार शिल्ड मेडल र प्रमाण पत्र हासिल गरेको थियो । उनीहरुलाई प्रदेश सांसद विष्णु पन्थी, वडा नम्बर ७ का वडा अध्यक्ष विष्णु गिरी, प्रगतिशिल युवा क्लवका अध्यक्ष शंकर न्यौपाने लगायतले पुरस्कार वितरण गरेका थिए ।

करिब १ हजार ५ सय बढी दर्शकले साथ दिएको खेल निकै रोचक बनेको थियो । रंगशालाको चौतर्फी दर्शकले घरेका थिए । खेल हेर्नको लागि जिल्लाका बिभिन्न स्थानबाट खेलप्रेमीको सहभागिता थियो । समापन कार्यक्रमको संचालन पत्रकार पत्रकार राजेन्द्र खनालले गरेका थिए ।