मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अफगानिस्तानविरुद्ध न्युजिल्याण्डको फराकिलो जित

अफगानिस्तानविरुद्ध न्युजिल्याण्डको फराकिलो जित

अपि टाइम्स

काठमाडौं । आईसीसी विश्वकप क्रिकेटमा न्युजिल्याण्डले अफगानिस्तानविरुद्ध फराकिलो जित निकालेको छ ।

बुधबार न्युजिल्याण्डले अफगानिस्तानलाई १ सय ४९ रनले हराएको हो ।

न्युजिल्याण्डले प्रस्तुत गरेको २ सय ८९ रनको लक्ष्य पछ्याएको अफगानी टिम १ सय ३९ रनमा समेटियो ।

अफगानिस्तानका लागि रहमत शाहले बनाएको ३६ रन सर्वाधिक स्कोर रह्यो । अजमतुल्लाह उमरजईले २७, इकरम अलिखिलले १९, इब्राहिम जर्दानले १४ र रहमानुल्लाह गुरबाजले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

न्युजिल्याण्डका मिचेल सेन्टनर र लाकी फग्र्युसनले समान ३, ट्रेन्ट बोल्टले २ तथा माट हेनरी र रचिन रबिन्द्रले १ विकेट हात पारे ।

सुरुआती ब्याटिङ गरेको न्युजिल्याण्डले ६ विकेटको क्षतीमा २ सय ८८ रन बनाएको थियो । टम लाथमले ६८ रन बनाएको इनिङ्समा विल योङ्गले ५४ रनको योगदान गरेका थिए । रचिन रबिन्द्रले ३२ रन बनाएका थिए ।

अफगानिस्तानका नाभिन अल हक र अजमतुल्लाह ओमरजाईले समान २ तथा रासिद खान र मुजिब उर रहमानले समान एक एक विकेट हात पारे ।

न्युजिल्याण्डले शानदार जित सहित शीर्ष स्थानमा उक्लिएको छ । उसले ४ खेलबाट ८ अंक जोडेको छ । अफगानिस्तान मात्र २ अंक सहित पुछारदेखि दोस्रोमा छ ।