मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रपतिबाट कैद माफी पाएका विक हत्या आरोपमा पक्राउ

राष्ट्रपतिबाट कैद माफी पाएका विक हत्या आरोपमा पक्राउ

अपि टाइम्स

रुकुम पश्चिम — गत संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट कैद माफी पाएका सानीभेरी गाउँपालिका–९ का लोकेन्द्र भनिने लोकबहादुर विक हत्या आरोपमा पक्राउ परेका छन् । मंगलबार बिहान मृत अवस्थामा फेला परेकी मुसीकोट–७ साँखकी २७ वर्षीया भावना विकको हत्या आरोपमा लोकबहादुरलाई पक्राउ गरिएको हो ।

घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा मुसीकोटस्थित एक होटलको कोठामा शव फेला परेको थियो । हत्यामा संलग्न रहेको पाइएपछि मंगलबार साझ खलंगास्थित आफ्नै डेराबाट पक्राउ परेका लोकेन्द्रलाई बुधबार प्रहरीले सार्वजनिक गरेको हो । उनले हत्या स्वीकार गरिसकेको जिल्ला प्रहरी प्रमुख डीएसपी नमराज भट्टराईले बताए । प्रहरीका अनुसार दुवै जना बीच प्रेम सम्बन्ध ९अनैतिक० रहेको र महिलाले बिहे गर्न प्रस्ताव राखेपछि विवाद बढेर हत्याको अवस्थामा पुगेको बयान दिएका छन् ।

‘महिलाले विहे गरौं भन्दा विवाद बढेपछि आवेशमा आएर आफैसँगै रहेको छुरीले हत्या गरेको स्वीकारेको छ,’ डीएसपी भट्टराईले भने, ‘होटलको कोठामा सिरकले छोपेर राखेको अवस्थामा शव फेला परेको हो ।’
गत आइतबार ९असोज २८ गते० लोकेन्द्र र भावनाले होटलको कोठा बुक गरेका थिए । मंगलबार ९३० गते० बाहिरबाट ढोका बन्द देखेर शंका लागेपछि होटल सञ्चालकले बिहान ८ बजेतिर प्रहरी बोलाएर हेर्दा महिला मृत अवस्थामा फेला परेकी थिइन् । त्यसपछि कर्णाली प्रदेश प्रहरीको कोहलपुरबाट तालिमप्रप्त कुकुर समेत ल्याएर अनुसन्धान गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी भट्टराईले बताए ।

बहुविवाह मुद्दामा रुकुम पश्चिम जिल्ला अदालतको फैसला अनुसार ११ महिना कैद तोकिएका लोकेन्द्र ६ महिना कैद भुक्तान गरेर संविधान दिवसका अवसरमा सजाय माफी पाएका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा ६७० जना कैदीको कैद कट्टा गरी सजाय माफी मिनाहा दिएका थिए । असोज २ को मन्त्रिपरिषद्को सिफारिसका आधारमा विभिन्न ऐन, नियमअनुसार भोलिपल्टदेखि लागू हुने गरी ६७० जनाको सजाय माफी मिनाहा गरेको हो । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले कारागार नियमावली अनुसार नकारात्मक सूचिमा नपरेका आधा सजाय भुक्तान गरिसकेका कैदीको सजाय माफ गर्न सकिने प्रावधान अनुसार यसअघि लोकेन्द्रले सजाय माफी पाएको बताए ।
न्युजिल्याण्डले प्रस्तुत गरेको २ सय ८९ रनको लक्ष्य पछ्याएको अफगानी टिम १ सय ३९ रनमा समेटियो ।

अफगानिस्तानका लागि रहमत शाहले बनाएको ३६ रन सर्वाधिक स्कोर रह्यो । अजमतुल्लाह उमरजईले २७, इकरम अलिखिलले १९, इब्राहिम जर्दानले १४ र रहमानुल्लाह गुरबाजले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

कान्तिपुरबाट