मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता कात्तिक तेस्रो सातादेखि

अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता कात्तिक तेस्रो सातादेखि

अपि टाइम्स

वीरगञ्ज । पर्साको वीरगञ्जमा यही कात्तिक १८ गतेदेखि मधेस प्रदेशकै सर्वाधिक पुरस्कार राशिको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ ।

भेट्रान सिटी क्लब वीरगञ्जको आयोजनामा ‘प्रथम वीरगञ्ज गोल्ड कप २०८०’ वीरगञ्जमा हुन लागेको हो ।

प्रतियोगिता कात्तिक २५ गतेसम्म चल्नेछ । प्रतियोगितामा नेपालका त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सङ्कटा क्लब, चर्च ब्वाइज युनाइटेड, झापा एफसी, आयोजक भेट्रान सिटी क्लब वीरगञ्ज, भारतको कोलकत्ताको क्लाइभ हाउस डमडम र दिल्लीको नर्थ जोन फुटबल टोलीको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष सविन बस्नेतले जानकारी दिए ।

प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ र उपविजेताले पाँच लाख ५५ हजार पाँच सय ५५ पुरस्कार प्राप्त गर्ने अध्यक्ष बस्नेतले बताए ।