मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अर्जुन कुमाल बने एकै खेलमा नेपालबाट अहिलेसम्मकै धेरै रन बनाउने ब्याटर

अर्जुन कुमाल बने एकै खेलमा नेपालबाट अहिलेसम्मकै धेरै रन बनाउने ब्याटर

अपि टाइम्स

काठमाडौँ । युवा ब्याटर अर्जुन कुमाल नेपालबाट कुनैपनि अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक रन बनाउने ब्याटर बनेका छन् । मलेसियामा जारी एसिसी यू १९ प्रिमियर कपमा साउदी अरेवियाविरुद्ध अर्जुनले १ सय ११ बलमा १७ चौका र २ छक्कासहित १ सय ४२ रनको सानदार शतकीय इनिङ खेलेका छन् ।

योसँगै उनी नेपालबाट एकै खेलमा सर्वाधिक रन बनाउने इतिहास रचेका छन् । यसअघि नेपालबाट एकै खेलमा सर्वाधिक रन कुशल मल्लको नाममा थियो । कुशल मल्लले केहि साताअघि चीनमा सम्पन्न १९ औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ५० बलमा ८ चौका र १२ छक्कासहित १ सय ३७ रनमा अविजित रहेका थिए ।

त्यो नै नेपाली ब्याटरले कुनैपनि अन्तर्राष्ट्रिय स्तरमा प्रहार गरेको उच्च रन थियो । अर्जुनले उक्त कीर्तिमान तोडेका हुन् ।
देव खनालले गत फागुनमा आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटमा कुवेतविरुद्ध १ सय २५ रनको शतकीय इनिङ खेलेका थिए । रोहित पौडेलले २०२२ मा पपुवा न्युगिनीविरुद्ध ओडिआई सिरिजको पहिलो खेलमा १ सय २६ रनको शतकीय इनिङ खेलेका थिए ।

अर्जुनले यसअघि गत फागुनमा आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटमा कुवेतविरुद्ध १ सय ८ रनको सानदार शतकीय इनिङ खेलेका थिए । अर्जुन नेपालबाट ओपनरको रुपमा यू१९ क्रिकेटमा दुई शतक हान्ने पहिलो खेलाडी समेत हुन् ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ३८।५ ओभरमा ३ विकेट गुमाउँदै २ सय ६० रन बनाएको छ ।