मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हङकङविरुद्ध टस जितेको नेपालले पहिला फिल्डिङ गर्ने

हङकङविरुद्ध टस जितेको नेपालले पहिला फिल्डिङ गर्ने

अपि टाइम्स

काठमाडौँ । घरेलु टोली नेपालले त्रिकोणात्मक टि२० आई सिरिजमा हङकङविरुद्ध टस जितेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।

नेपालले आजको खेलमा कुनैपनि खेलाडी परिवर्तन गरेको छैन । नेपाल लगातार दोस्रो जितको सोचमा हुनेछ । नेपालले पहिलो खेलमा युएईलाई ७ विकेटले हराएको थियो ।

नेपाललाई जिताउन दीपेन्द्रसिंह ऐरी र रोहित पौडेलले ९३ रनको साझेदारी गरेका थिए । नेपालका तीव्र गतिका बलर करण केसीले ३ र गुलशन झाले २ विकेट लिएपछि युएई १ सय ३९ रनमै रोकिएको थियो । नेपालका स्पिनर विकेटविहीन बनेका थिए ।

२०२० पछि नेपालले हङकङसँग खेल्दैछ । पछिल्ला चार खेलमा नेपाल तीन खेलमा पराजित भएको छ । तर २०२० पछि नेपाली टोलीको स्तर र प्रदर्शन फेरिएको छ । अंशुमन रथ, बाबर हायत र निजाकत खान हङकङका प्रमुख ब्याटर हुन् । यी तीन ब्याटरको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ ।