मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हङकङविरुद्ध पहिलो बलमै करणले चट्काए विकेट

हङकङविरुद्ध पहिलो बलमै करणले चट्काए विकेट

अपि टाइम्स

काठमाडौँ । नेपालका तीव्र गतिका बलर करण केसीले त्रिकोणात्मक टि२० आई सिरिजमा हङकङविरुद्ध पहिलो बलमै विकेट लिएका छन् ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले पहिलो बलमै कप्तानलाई गुमाएको छ । करणको इनस्वींग बलमा निजाकत बोल्ड भएका हुन् । उनले उक्त बलको चाल नै पाउन सकेनन् । क्रिजमा बाबर हायत र अंशुमन रथ छन् ।

नेपालले आजको खेलमा कुनैपनि खेलाडी परिवर्तन गरेको छैन । नेपाल लगातार दोस्रो जितको सोचमा हुनेछ । नेपालले पहिलो खेलमा युएईलाई ७ विकेटले हराएको थियो ।