काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बिहीबार झिनो अंकले घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से०का अनुसार परिसूचक ४।०५ अंकले घटेर १९०३।८४ विन्दुमा बन्द भएको हो ।
कारोबार रकममा भने सुधार देखिएको छ । यस दिन ९७ करोड ६ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । बुधबार ९३ करोड ४८ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।
कारोबारमा आएका १३ मध्ये सातको समूहगत परिसूचक घटेको छ । चार समूहको परिसूचक वृद्धि भएको छ । उत्पादन तथा प्रशोधन र व्यापार समूहको परिसूचक स्थिर छ ।
सर्वाधिक सेयर मूल्य घट्नेमा अप्पर सोलु हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेड छ । यो कम्पनीको सेयर मूल्य आठ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया