मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएनएको अध्यक्षमा डा. केसी विजयी, विवादपछि पराजितहरु भन्छन् ‘स्वघोषणा मान्दैनौँ’

एनआरएनएको अध्यक्षमा डा. केसी विजयी, विवादपछि पराजितहरु भन्छन् ‘स्वघोषणा मान्दैनौँ’

अपि टाइम्स

काठमाण्डौ । ( गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को अध्यक्षमा डा। बद्री केसी विजयी भएको घोषणासँगै विवाद भएको छ । अध्यक्षमा पराजित उम्मेदवारहरुले सिस्टम ह्याकको आरोप लगाउँदै मतपरिणाम अस्वीकार गर्ने घोषणा गरेका छन् ।

अनलाइन प्रणालीमा गडबड गरेर केसीले नतिजा आफ्नो पक्षमा पारेको अध्यक्षका अरु प्रत्यासीहरु आरके शर्मा र महेश श्रेष्ठले आरोप लगाएका छन् । केसीले १ हजार ३७८, शर्माले १ हजार २८१ र श्रेष्ठले १ हजार २२५ मत प्राप्त गरेको निर्वाचन समितिले घोषणा गरेको छ । महासचिवमा बद्री पक्षकै गौरीराज जोशी निर्वाचित भएको घोषणा गरिएको छ ।

यस्तै, उपाध्यक्षमा हेमराज शर्मा, रोबिन शेरचन, रामशरण सिंखडा, खगेन्द्र न्यौपाने, राज रेग्मी र विनोद श्रेष्ठ तथा उपमहासचिवमा सोम सापकोट र प्रविण गुरुङ निर्वाचित भएका छन् । विदेशमा रहेका प्रतिनिधिलाई अनलाइन भोटिङको व्यवस्था गरिएको थियो ।

एनआरएनएमा ७४ पदका लागि एक सय २० जनाको उम्मेदवारी परेकोमा अध्यक्षका लागि ३ जना, ६ जना उपाध्यक्षका लागि १८ जना र एक महासचिवका लागि दुईजनाबीच प्रतिस्पर्धा भएको थियो । नियोजित रुपमा यस्तो गरिएको हुनाले यसलाई उनीहरुले स्वघोषणा भनेका छन् ।