मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज फेरि नेपाल र हङकङको भीडन्त

आज फेरि नेपाल र हङकङको भीडन्त

अपि टाइम्स

काठमाडौं । त्रिकोणात्मक टीट्वान्टी अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपालले आज शनिबार हङकङसँग प्रतिस्पर्धा गर्दैछ।

नेपालले मुलपानी क्रिकेट मैदानमा हङकङको सामना गर्नेछ । खेल बिहान ११ बजे सुरु हुनेछ ।

नेपाल आज हङकङलाई हराएर सिरिजको फाइनल पुग्न चाहन्छ । नेपालले अघिल्ला दुई खेलमा लगातार दुई जित हात पारिसकेको छ ।

पहिलो खेलमा नेपालले यूएईलाई ७ विकेटले हराएको थियो । यस्तै दोस्रो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो ।

नेपाल आज हङकङमाथि लगातार दोस्रो जित निकाल्न चाहन्छ । यता, हङकङ भने अघिल्लो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।

आईसीसी टी(ट्वान्टी विश्वकप छनोटको तयारी स्वरुप नेपाल क्रिकेट संघ क्यानले त्रिकोणात्मक सिरिजको आयोजना गरेको हो ।

सिरिजमा नेपालसहित यूएई र हङकङ समावेश छन् । सिरिजको फाइनल खेल कात्तिक १० गते शुक्रबार त्रिवि मैदान कीर्तिपुरमा हुनेछ ।