मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महत्वपूर्ण खेलमा जित्यो अष्ट्रेलियाले, शीर्ष चारको सम्भावना कायम

महत्वपूर्ण खेलमा जित्यो अष्ट्रेलियाले, शीर्ष चारको सम्भावना कायम

अपि टाइम्स

एजेन्सी – दुई शतक र स्पिनर एडम जाम्पाको उत्कृष्ट बलिङमा अष्ट्रेलियाले आइसिसी विश्वकप २०२३ मा पाकिस्तानमाथि ६२ रनको सानदार जित हात पारेको छ । यो जितसँगै अष्ट्रेलियाले शीर्ष चारको सम्भावना बढाएको छ ।

जितको लागि ३ सय ६८ रनको विशाल विजयी लक्ष्य पछ्याएको पाकिस्तान ४५।३ ओभरमा ३ सय ५ रनमा अल आउट भयो । पाकिस्तानका ओपनर इमाम उल हकले ७१ बलमा १० चौकासहित सर्वाधिक ७० रन बनाए । अब्दूल्लाह शफिक ६० बलमा ७ चौका र २ छक्कासहित ६४ रनमा आउट भए । अन्य पाकिस्तानी ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

पाकिस्तानको जितको आशा रिजवानमा जोडिएको थियो । ४३ औं ओभरको अन्तिम बलमा जाम्पाले रिजवानलाई एलबीडब्लू आउट गरेपछि पाकिस्तानको जितको सम्भावना लगभग सकिएको थियो । रिजवानले ४० बलमा ५ चौकासहित ४६ रन बनाए । उस्मा मिर डक, हसन अली ६ रनमा आउट भए ।

अष्ट्रेलिया जितमा एडम जाम्पाले १० ओभरमा ५३ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । मार्कस स्टोइनिसले ५ ओभरमा ४० रन खर्चेर २ विकेट लिए । प्याट कमिन्सले ७।३ ओभरमा ६२ रन खर्चेर २ विकेट लिए । जोश हेजलवुड र मिचेल स्टार्कले एक एक विकेट लिए ।

त्यसअघि बेंगलोरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ६७ रन बनाएको थियो ।

अष्ट्रेलिया जितमा ओपनर डेविड वार्नरले १ सय २४ बलमा १४ चौका र ९ छक्कासहित सर्वाधिक १ सय ६३ रनको सानदार शतकीय इनिङ खेले ।

पाकिस्तानका शाहिन शाह अफ्रिदीले १० ओभरमा ५४ रन खर्चेर सर्वाधिक ५ विकेट लिएपनि जितको लागि पर्याप्त हुन सकेन ।

यो जितसँगै अष्ट्रेलिया ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ चौथो स्थानमा उक्लिएको छ । पाकिस्तान ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ पाँचौं स्थानमा पुगेको छ । न्युजिल्यान्ड ४ खेलमा ८ अंकका साथ शीर्षस्थानमा छ । ४ खेलमा ८ अंक भएपनि भारत नेटरनरेटका कारण दोस्रो स्थानमा छ । दक्षिण अफ्रिका ३ खेलमा २ मा जित र १ मा हारसहित तेस्रो स्थानमा छ । इंग्ल्यान्ड ३ खेलमा २ अंकका साथ छैटौं स्थानमा छ ।