मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जारी विश्वकपका अपराजित टोली, आज कसले मार्ला बाजी ?

जारी विश्वकपका अपराजित टोली, आज कसले मार्ला बाजी ?

अपि टाइम्स

एजेन्सी । एकदिवसीय विश्वकप २०२३ मा हालसम्म अपराजित रहेका दुई टोली भारत र न्युजिल्याण्ड आइतबार आमनेसामने हुँदैछन् । खेल हिमाचल प्रदेश क्रिकेट संघ स्टेडियम, धर्मशालामा दिउँसो २.१५ बजे हुनेछ।

सन् २०१९ मा भारतलाई विश्वकप जित्ने बलियो दाबेदार मानिन्थ्यो तर सेमिफाइनलमा न्युजिल्याण्डसँग १८ रनले पराजित भएपछि टोली बाहिरिएको थियो।

दुई टोलीबीच हालसम्म कुल ११६ एकदिवसीय खेलहरु खेलिएका छन् । भारतले ५८ खेल जितेको छ भने न्युजिल्याण्डले ५० खेल जितेको छ । ७ खेल अनिर्णित रह्यो भने एक खेल टाई पनि भयो ।

एकदिवसीय विश्वकपमा न्यूजिल्याण्डको अग्रता छ । प्रतियोगितामा यी दुईबीच ९ खेल भएका छन् जसमध्ये ५ मा न्युजिल्याण्डले जित्यो भने ३ मा भारतले जितेको छ । सन् २०१९ को विश्वकपमा मा एक खेल वर्षाका कारण अनिर्णित रह्यो भने अर्को खेल न्युजिल्याण्डले जितेको थियो ।

भारतले पछिल्लो पटक सन् २००३ मा न्यूजिल्याण्डविरुद्ध एकदिवसीय विश्वकपमा जित हासिल गरेको थियो । त्यसपछि सीधा दुवै टोलीले २०१९ विश्वकपमा प्रतिस्पर्धा गरे जहाँ सेमिफाइनलमा भारत पराजित भयो। अर्थात् भारत २० वर्षदेखि प्रतियोगितामा न्युजिल्याण्डविरुद्ध जितको पर्खाइमा छ ।

भारतले पछिल्लो ५ एकदिवसी मध्ये ४ खेल जितेको छ भने एक खेलमा मात्रै हार बेहोरेको छ । त्यस्तै न्युजिल्याण्डले पछिल्ला ५ खेल लगातार जितेको छ ।