कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले काठमाडौँमा वडा दशैँ मनाउने भएका छन् । काठमाडौँको धापासीस्थित आफ्नै घरमा पौडेलले ७४ बर्षिय आमा विमलादेवी उपाध्यायको हातबाट टिका जमरा लगाएर दशैँ मनाउने भएका हुन् ।
नगरपालिकाको वडा नम्बर १ आनन्दवागमा मूल घर भएका पौडेलले श्रीमती,दाजुभाइ, छोराछोरीको साथमा टिका जमरा ग्रहण गर्नेछन् । पौडेलका २ दाजु र १ भाइ छन् । हरेक बर्ष कपिलवस्तु र काठमाडौँ गरी आलोपालो दशैँ मनाउने गरेका पौडेल नवमीको दिन काठमाडौँ जानेछन् । उनको फर्कने तालिका एकादशी रहेको छ ।
नगरप्रमुख पौडेलले दशैँ र अरु चाडबाडलाई सद्भावको पर्वको रुपमा मनाउन नगरबासीलाई अनुरोध गरे । रिस, डाह, दुश्मनी हटाएर सकारात्मक सद्भावका साथ आपसी भाइचारामा पर्वहरु मनाउँदा राम्रो हुने उनले बताए । सबै नगरबासीलाई शुभकामना दिँदै मेयर पौडेलले एक भएर नगरविकासको सपनालाई पुरा गर्नुपर्ने बताए ।
प्रतिक्रिया