मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंमा फेरि भूकम्पको धक्का

काठमाडौंमा फेरि भूकम्पको धक्का

अपि टाइम्स

काठमाडौँ । राजधानी काठमाडौंमा दोस्रोपटक भूकम्पको धक्का महसुस भएको छ।

आइतबार साँझ दुई पटक भूकम्पको धक्का महसुस भएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार धादिङको खरी आसपास केन्द्रविन्दु भएर ५ बजेर ३१ मिनेट जाँदा ५ म्याग्निच्युडको भूकम्प गएको हो भने सोही क्षेत्र आसपास भएर ५ बजेर ३३ मिनेट जाँदा ५१ म्याग्निच्युडको भूकम्प गएको हो ।

यसअघि विहान ७ बजेर ३९ मिनेट जाँदा धादिङको साविक खरी गाविस केन्द्रविन्दू भई ६ दशमलव १ रिक्टरस्केलको भूकम्प गएको थियो ।

भूकम्पका कारण धादिङको ज्वालमुखी गाउँपालिका–५, कुमालटारीमा २० वटा घर भत्किएका छन् भने ७५ घर चर्किएका छन्।

पटक–पटक चार रिक्टरस्केलभन्दामाथिका भूकम्पका परकम्पहरु गएका कारण मानिसहरु घर बाहिर बसेका स्थानीय बताउँछन्।