मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तिनवटा राजाको शासन काल विताएँ, जग्गा जमिन मुद्दा मामिलामा सकियो

तिनवटा राजाको शासन काल विताएँ, जग्गा जमिन मुद्दा मामिलामा सकियो

अपि टाइम्स

वाणगंगा । लामो समयदेखि वाणगंगा नगरपालिकामा एक ब्यक्ति अलपत्र अवस्थामा देखिन्छन् । केशव पाण्डे नाम बताउने उनी लामो समयदेखि अलपत्र अवस्थामा छन् । झट्ट हेर्दा मानसकि सन्तुलन गुमाएको जस्तो देखिने पाण्डे कुराकानीको क्रममा भने राम्रै कुराकानी गर्दछन् । पाण्डे लामो समय भयो वाणगंगामा ओहरदोहर गरेको ।

उनलाई धेरैले चिन्दैनन् पनि । यिनै वृद्ध आइतबार वाणगंगाको सिद्धिपुरमा सिद्धार्थ क्याम्पसका प्राध्यापक राज कुमार अर्यालको घरमा पुगेका थिए । मलाई भोक लाग्यो,केही खानेकुरा भए देउ न भन्दै घरको मूल ढोकामा आएका पाण्डेलाई प्राध्यापक अर्यालले त्यसै फर्काएनन् । अर्यालले हिन्दीमा पाण्डेसंग छोटकरीमा केहि कुराकानी गरेर फर्काएका छन् । कुराकानीको क्रममा ती वृद्धले आफूले ३ वटा राजाको शाषन काल विताएको बताएका छन् ।

कुराकानीमा केके छन् ? अर्यालको फेसबुकबाट साभार ”मलाई भोक लाग्यो,केही खानेकुरा भए देउ नू भन्दै यी वृद्ध आज मेरो घर अगाडि दैलोमा आए । मेरो कान्छो छोरोले खाना लगेर दियो । वृद्धले खाना खाए । ूकस्तो राम्रो केटो रहेछ । तिम्रो घर राम्रो होसू भन्दै आशिष दिए । नाम केशव पाण्डे रहेछ,घर दोहनी,कपिलवस्तु वताउने यिनको कोहि रहेनछ,दाईको छोराहरु रहेछन् तर यिनलाई खोजविन गर्दारहेनछन्,यिनी माहिला रहेछन्,३ भाइ मध्येयिनको कान्छो भाइ पनि वितिसकेका रहेछन्, जेठो दाइ पनि वितेका,यिनी अविवाहित रहेछन् । यिनी कहिले, पिपरा,कहिले,बुङ्चि त कहिले बनगाईको प्रतिक्षालयमा रात विताउँछन् महाकाली पेट्रोल पम्पको तेल हाल्ने मेशिनको शेडको बेन्चमा सुतेकोबेला उठाएर २ र ३ पटक रोटि तरकारी लगेर खान दिएको छु। उमेर कति भयो भन्दा तिनवटा राजाको शासनकाल विताएँ । जग्गा जमिन मुद्दा मामिला गर्दै हारेर अहिले केही पनि नभएको भन्छन् । कसैले दया गरेर दिए खाने गरेको,कहिले मन्दिर,कुटिमा घुम्दै फिर्दै जीवन विताउने गरेको बताए । खाना खाए पछि यिनिसँग केहिवेर कुराकानी गरे । विरपुर,पत्थरकोट,भेलाई,बनगाईका पुराना व्यक्तिहरुलाई चिनेको बताउने यी वृद्धलाई वृद्धाश्रममा बस्न जानुहुन्छ ? भन्दा जान्न भने । यस्ता वृद्ध अवस्थामा पुगेका व्यक्तिलाई घरवास पनि नदिने यिनका भतिजहरुमा मानवता रहेनछ । राज्यले यस्ता असहाय बृद्धहरुलाई गाँस,बास र कपासको व्यवस्थापन गरे कति आशिस दिन्थे होला ।”