मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तुका यी मन्त्री र सांसदले यसरी मनाउँदैछन् ‘दशैँ’

कपिलवस्तुका यी मन्त्री र सांसदले यसरी मनाउँदैछन् ‘दशैँ’

अपि टाइम्स

चन्द्रकान्त न्यौपने

कपिलवस्तु । सुरेन्द्रराज आचार्य, बलराम अधिकारी, मंगल गुप्ता र विष्णु पन्थी कपिलवस्तुका हाइ-प्रोफाइल ब्यक्तिमा पर्दछन् । किनकि उनीहरु कोही मन्त्री त कोही सांसद छन् ।

प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा कपिलवस्तु क्षेत्र नम्बर दुई (नेपाली काँग्रेस) बाट प्रत्यक्ष चुनाव जितेका आचार्य अहिले संघीय मन्त्री छन् । उनले संघीय बालबालिका तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् ।

बलराम अधिकारी (नेकपा एमाले) बाट क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदमा प्रत्यक्ष रुपमा चुनाव जितेका सांसद हुन् ।
यस्तै विष्णु पन्थीले लुम्बिनी प्रदेश सभा सदस्य पदमा क्षेत्र नम्बर १ क मा चुनाव जितेका थिए । उनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री पनि हुन् ।

दशैँ घर आँगनमा आइसक्दा धेरैलाई जिज्ञासा लाग्न सक्छ उनीहरुले दशैँ कहाँ, के कसरी मनाउँदै छन् त ? आफूले जिताएर पठाएका जनप्रतिनिधिको दशैँबारे जिज्ञासा आउनु मतदाताको स्वभाविक कुरा हो । मतदाताको यहि जिज्ञासा मेटाउन अपि टाइम्सले जनप्रतिनिधिको दशैँबारे केहि सोधखोज गरेको छ ।

क्षेत्र नम्बर ३ का प्रतिनिधि सदभा सदस्य मंगल गुप्ताको फोन उठेन । यद्यपी फोन उठेका मध्ये मन्त्री आचार्य, सांसदद्धय अधिकारी र पन्थीले भने हर्षोल्लसाका साथ आआफ्नो घरमै साथ दशैँ मनाउँदै गरेको जानकारी दिए ।

मन्त्री आचार्यले बुद्धभूमि नगरपालिका वडा नम्बर ३ रनगाईमा दशैँ मनाउने छन् । दशैँ मनाउन मन्त्री आचार्य एक साताअघि नै जिल्ला आएका थिए । मन्त्री आचार्यले श्रीमती र परिवारका सदस्यसंग बसेर घरमै दशैँ मनाउन छन् । मन्त्री आचार्यका बुबा आमा छैनन् । बुबाआमा गुमाईसकेपछि केहि बर्षदेखि दाजु विष्णुराज आचार्य (पूर्वसांसद) को हातबाट टिका लगाइरहेका आचार्यका दाजु गत बर्ष दिवंगत भएका थिए ।

टिका थाप्ने दाजुको दिवंगत भए पछि मन्त्री आचार्यले अहिले परिवारकै अन्य निकट अग्रज सदस्यबाट टिका र जमरा ग्रहण गर्ने बताइएको छ । दशैँ मनाउने क्रममा मन्त्री आचार्यसंग श्रीमती जीवन आचार्य रहनेछिन् भने छोरा पनि दशैँ मनाउन घर आएका छन् ।

मन्त्री आचार्यकी एक छोरी अष्ट्रेलिया छन् । उनैहरु र नजिकका मतदातासंग बसेर टिका जमराको साथमा शुभकामना आदान प्रदान गर्ने कार्यक्रम रहेको मन्त्री आचार्यले अपिटाइम्सलाई जानकारी दिए । मन्त्री आचार्य दशैँको पर्सी काठमाडौँ जाने कार्यक्रम रहेको सचिवालय श्रोत बताउँछ । मन्त्री आचार्यले आपसी भाइचारा कायम गरेर दशैँ मनाउन मुलुकबासीलाई आग्रह गरेका छन् ।

यस्तै क्षेत्र नम्बर १ बाटा चुनाव जितेका प्रतिनिधि सभा सदस्य बलराम अधिकारीले यसपटक बुटवलमा दशैँ बनाउने कार्यक्रम रहेको अपिटाइम्सलाई बताए । पुख्र्यौली घर कपिलवस्तु नै भए पनि यसपटक बुटवलमा टिका जमरा थाप्ने कार्यक्रम रहेको सांसद अधिकारीले जानकारी दिए ।

सांसद अधिकारीले तिलोत्तमास्थित जानकीनगरको आफ्नै निवासमा नेपाली संस्कृति अनुसार बुबा रुद्रनाथ अधिकारी (९७ बर्ष) र आमा सरस्वती अधिकारी (८९ वर्ष) को हातबाट टिका र जमरा थाप्ने कार्यक्रम रहेको छ । साथमा श्रीमती, २ जना छोरी, नाति नातिना, भाइबुहारी गरी करिब २० जना भएर दशैँ मनाउने कार्यक्रम रहेको सांसद अधिकारीले बताए । अपिटाइमसमार्फत् सबैमा शुभकामना दिँदै उनले भावनात्मक रुपमा एक भएर सबैले पर्वहरु मान्नुपर्ने बताए ।

यस्तै प्रदेश सांसद विष्णु पन्थीले भने दशैँ कपिलवस्तु नै मनाउने भएका छन् । वाणगंगा २ पिपरास्थित घरमा आमा इन्द्रकुमारी पन्थी (८० वर्ष) को हातबाट टिका जमरा थापी आशिर्वाद लिने पन्थीले अपि टाइम्सलाई बताए । बुटवल घर भए पनि सधैँभरी पिपरास्थित घरमा नै दशैँ मनाउने गरेको उनले जानकारी दिए । पन्थीको पनि बुबा हुनहुन्न ।

श्रीमती अनुपमा पन्थी, छोरी, बहिनी, भान्जाभान्जी र आफन्त संगै भएर रमाइलो गरी दशैँ मनाउने कार्यक्रम रहेको पन्थी बताउँछन् ।

उनले दशैँ आउन एक दिन मात्रै बाँकी रहे पनि आफू मतदाताकै आज पनि घरमा रहेको बताए । दुर्गामन्दिर स्थापना गरी आमन्त्रण गरेका ठाउँमा जाने, दिवंगत मतदाताककहाँ पुगेर सहानुभूति दिने लगायतका काममा ब्यस्त रहेको सांसद पन्थीले जानकारी दिए ।

दशैँ लगायतका चाडलाई हर्षोल्लासका साथ मनाउन उनले सबै मतदातालाई आग्रह गरे । ‘हाम्रा पर्वहरुको आफ्नै मुल्य र मान्यता छ, सबैले आआफ्नो ढंगले सामाजिक सद्भाव नबिग्रने गरी मनाऔँ’, उनले भने ।