मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डिस्चार्ज भए उपप्रधानमन्त्री श्रेष्ठ, छातीमा स्टेन्ट राखिएको छ

डिस्चार्ज भए उपप्रधानमन्त्री श्रेष्ठ, छातीमा स्टेन्ट राखिएको छ

अपि टाइम्स

काठमाण्डौ । चीन भ्रमणका क्रममा हृदयाघात भएपछि उपचाररत उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज सोमवार अस्पतालबाट डिस्चार्जु भएका छन् । बेइजिङको पेकिङ युनियन मेडिकल कलेज हस्पिलटमा पाँच दिनको उपचारपछि उनी डिस्चार्ज भएका हुन् ।

तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीएफआर) मा सहभागी हुन बेइजिङ पुगेका बेला उपप्रधानमन्त्री श्रेष्ठलाई यही कात्तिक १ गते हृदयाघात भएको थियो । उनको छातीमा स्टेन्ट राखिएको छ ।

अस्पतालबाट डिस्चार्ज हुने क्रममा उपप्रधानमन्त्री श्रेष्ठले आफ्नो उपचारमा संलग्न चिकित्सक, अस्पताल परिवार र बेइजिङमा रहेको नेपाली दूतावासप्रति आभार प्रकट गरेका छन् । उनले आफ्नो स्वास्थ्यवस्थाप्रति चासो, चिन्ता र शुभेच्छा राख्ने सबैप्रति आभार व्यक्त गरे ।

उपप्रधानमन्त्री श्रेष्ठ यही कात्तिक ८ गते बिहान स्वदेश फर्कने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।