मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यू–१९ प्रिमियर कप फाइनलः यूएईविरुद्ध देव खनालको शतक

यू–१९ प्रिमियर कप फाइनलः यूएईविरुद्ध देव खनालको शतक

अपि टाइम्स

काठमाडौं । यू–१९ प्रिमियर कपको फाइनलमा नेपालका कप्तान देव खनालले शतक बनाएका छन् ।

मलेसियाको बायोमास ओभलमा यूएईविरुद्ध टस जितेर ब्याटिङ थालेको नेपालको सुरुवात खराब थियो । १४ रन जोड्दा २ विकेट गुमाएको नेपालका लागि खनालले कप्तानी पारी खेले । तेस्रो विकेटका लागि अर्जुन कुमालसँग १२५ रनको साझेदारी गरे । २६औं ओभरको पाँचौं बलमा कुमाल ५५ रनमा आउट भए ।

पाँचौं नम्बरमा आएका विकेटपिकर ब्याट्सम्यान उत्तम थापा मगरले साथ दिएपछि खनालले शतक पुरा गरे । ९० बलमा १०० रन पुरा गरेका उनी थप दुई बल फेस गरेर आउट भए ।