मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बंगलादेशविरुद्ध दक्षिण अफ्रिकाको १ सय ४९ रनको फराकिलो जित

बंगलादेशविरुद्ध दक्षिण अफ्रिकाको १ सय ४९ रनको फराकिलो जित

अपि टाइम्स

मुम्बई । क्विन्टन डे ककको उत्कृष्ट शतकको मद्दतले दक्षिण अफ्रिकाले विश्वकप २०२३ मा बंगलादेशलाई १ सय ४९ रनको ठूलो अन्तरले पराजित गरेको छ । यो जितसँगै दक्षिण अफ्रिका विश्वकप २०२३ अंक तालिकाको दोस्रो स्थानमा उक्लिन सफल रह्यो ।

बंगलादेशविरुद्ध शतक प्रहार गरेपछि दक्षिण अफ्रिकी खेलाडी क्विन्टन डे कक । तस्बिर स् आईसीसी

दक्षिण अफ्रिकाको पाँच खेलबाट आठ अंक भएको छ । समान आठ अंकमा रहेको न्युजिल्यान्ड भने नेट रनरेटमा पछि पर्दै तेस्रो स्थानमा झरेको छ । अपराजित भारत पाँच खेलबाट १० अंकसहित शीर्ष स्थानमा छ ।

मुम्बईको वानखडे स्टेडियममा मंगलबार भएको खेलमा जितका लागि ३ सय ८३ रन पछ्याएको बंगलादेशले ४६।४ ओभरमा सबै विकेट गुमाएर २ सय ३३ रन मात्र बनाउन सक्यो । बंगलादेशका लागि महमुदल्लाहले सर्वाधिक १ सय ११ रन बनाए ।

दक्षिण अफ्रिकाले पहिले ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा ३ सय ८२ रनको स्कोर खडा गरेको थियो । त्यसमा ओपनर क्विन्टन डे ककले १ सय ७४ रनको शानदार इनिङ्स खेले ।

उनले १ सय ४० बलको सामना गर्दै १५ चौका र सात छक्का प्रहार गरेका थिए । त्यस बाहेक एडिन मारक्रमले ६० तथा हेनरिक क्लासनले ९० रन बनाए । क्लासनले दुई चौका र आठ छक्का प्रहार गर्ने क्रममा ४९ बलको मात्र सामना गरे ।

बलिङतर्फ बंगलादेशका हसन महमुदले २ विकेट लिएका थिए ।