मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फिफा वरीयतामा नेपाल दुई स्थान माथि उक्लियो

फिफा वरीयतामा नेपाल दुई स्थान माथि उक्लियो

अपि टाइम्स

काठमाडौं । फिफा वरीयतामा नेपाली राष्ट्रिय फुटबल टिम दुई स्थान माथि उक्लिएको छ । फिफाले बिहीबार अद्यावधिक गरेको नयाँ वरीयताअनुसार नेपाली टिम १७३औँ स्थानमा छ । नेपाल यसअघि वरीयताको १७५औँ स्थानमा थियो ।

नेपालले अक्टोबरको फिफा विन्डोमा विश्वकप छनोट–२०२६ को पहिलो चरणमा लाओससँग खेलेको थियो । दुई लेगमा नेपालले लाओसलाई समग्रमा २–१ ले पराजित गर्दै विश्वकप छनोटको दोस्रो चरणमा स्थान बनाएको थियो । घरेलु मैदानमा भएको पहिलो लेगमा नेपालले १–१ को बराबरी खेल्दा दोस्रो लेगमा लाओसलाई उसैको मैदानमा १–० ले हराएको थियो ।

यही जितका कारण नेपालले वरीयतमा १० प्वाइन्ट थप गर्दै दुई स्थान सुधार गरेको हो । नेपाल १७५औँ स्थानमा रहँदा ९५३।८५ प्वाइन्ट थियो । हाल नेपालको प्वाइन्ट ९६३।८२ छ ।

फिफाको वरीयताअनुसार दक्षिण एसियामा भारत १०२औँ स्थानमा छ । माल्दिभ्स १६१औँ, भुटान १८२औँ, बंगलादेश १८३औँ, पाकिस्तान १९३औँ र श्रीलंका २०२औँ स्थानमा छ ।

विश्वकप विजेता अर्जेन्टिना वरीयताको शीर्ष स्थानमा यथावत् छ । दोस्रोमा फ्रान्स, तेस्रोमा ब्राजिल, चौथोमा इंग्ल्यान्ड र पाँचौँ स्थानमा बेल्जियम छ ।