मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चीनद्वारा अन्तरिक्ष स्टेसनमा नयाँ मिसन प्रक्षेपण

चीनद्वारा अन्तरिक्ष स्टेसनमा नयाँ मिसन प्रक्षेपण

अपि टाइम्स

काठमाण्डौ । चीनले बढ्दो अन्तरिक्ष कार्यक्रमको नयाँ मिसनअन्तर्गत बिहीवार उसको तियाङ्गोङ अन्तरिक्ष स्टेसनमा एउटा नयाँ दल पठाएको छ । चीनले यस मिसनअन्तर्गत सन् २०३० सम्ममा चन्द्रमामा मानिसलाई पठाउने योजना बनाएको छ ।

उत्तरपश्चिम चीनको जिउक्वान प्रक्षेपण स्थलबाट स्थानीय समयअनुसार बिहान ११ बजेर १४ मिनेटमा अन्तरिक्ष स्टेसनको निर्माणपछि सबैभन्दा कम औसत उमेर भएका तीन अन्तरिक्ष यात्री लिएर सेनझोउ–१७ उडेको थियो ।
समारोहमा अन्तरिक्ष यात्रीहरूले रकेट प्रक्षेपणको तयारीका लागि प्रस्थान गर्नुअघि पर्यवेक्षकहरूलाई बिदाइ गरेका थिए । ‘अन्तरिक्ष यान लङ्ग मार्च–२एफ वाहक माथि रहेको त्यस रकेट उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट सेन्टरबाट उडेको थियो,’ चीनको सरकारी सिन्ह्वा समाचार समितिले भनेको छ ।

त्यस टोलीको नेतृत्व ताङ होङ्बोले गरिरहनु भएको छ। उहाँ अन्तरिक्ष स्टेसनमा आफ्नो पहिलो फिर्ती अभियानमा रहनु भएको छ । उहाँसँगै ताङ सेङ्जी र जियाङ जिङ्लिन पनि रहेका छन् । यो उहाँहरुको पहिलो अन्तरिक्ष अभियान हो । सबै पुरुष चालक दलको औसत उमेर ३८ वर्ष रहेको छ । अन्तरिक्ष स्टेसनको अभियानमा उनीहरू सबैभन्दा कान्छा हुन् ।