मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ब्लड क्यान्सर पीडित कपिलवस्तुका पत्रकार दीपक केसीलाई रकम अभाव

ब्लड क्यान्सर पीडित कपिलवस्तुका पत्रकार दीपक केसीलाई रकम अभाव

अपि टाइम्स

कपिलवस्तु । ब्लड क्यान्सर पीडित कपिलवस्तुका पत्रकार दीपक केसीलाई उपचारमा रकम अभाव भएको छ । शिवराज नगरपालिका चन्द्रौटाबाट सक्रिय पत्रकारिता गर्दै आइरहेका केसी केहि समयदेखि ब्लड क्यानसर पीडित छन् । क्यान्सर भएको थाहा पाएपछि उनको नेपालका बिभिन्न अस्पत्ताल र भारतको अस्पत्तालमा समेत चेक जाँच भइरहेको छ । अहिले उनी भारतको राजिव गान्धी क्यानसर अस्पतालमा उपचाररत छन् ।

मध्यमम आय भएका उनलाई अहिले उपचारमा रकम अभाव छ । रकम अभाव भएपछि केसीको परिवारले आर्थिक सहयोगको लागि अपिल गरेका छन् । नेपाल पत्रकार महासंघ कपिलवस्तुका सदस्यसमेत रहेका केसी रेडियो शिवराजका स्टेसन म्यानेजर छन् । उनी प्रेस सेन्टरको जिल्ला सदस्य पनि हुन् । ३५ बर्षिय केसीको श्रीमती र छोरा ‘१० बर्ष ‘ छोरी ‘२ बर्ष’ छन् ।

अस्पतालको बेडमा रहेका केसीले आफुलाई रकम अभाव भएको अपिटाइम्ससंग बताए । उनले भने ‘जनतालाई सुसुचित गराउँदा आफै रोगी भएको थाहा पाएनछु । यस्तो भएको एक्कासी थाहा पाएँ । सबै मिलेर बचाउनुहुन्छ भन्ने आशा गरेको छु ।
ब्लड क्यान्सर रोगको उपचार निकै महंगो हुन्छ । सकेसम्म आफैले प्रयास गरेँ, लाखौँ रकम लाग्ने भएकाले अन्तिम विपकल्पको रुपमा हार-गुहार गरेको हुँ’ उनले भने ।
उनको उपचारको लागि अहिले नेपाल पत्रकार महासंघले सहयोग उठाउने काम गरिरहेको छ भने अन्य संघसंस्थाले पनि उनलाई सहयोग गर्ने बताएका छन् ।

सहयोगको लागि उनको एसबीआई बैङमा रहेको खातामा पैसा जम्मा गर्न सकिने छ ।
नामः Deepak Kunwar
खाता नम्बरः24915241400344
शाखाः Chandrauta