मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

त्रिकोणात्मक सिरिजः उपाधिका लागि भोलि नेपाल र यूएई खेल्ने

त्रिकोणात्मक सिरिजः उपाधिका लागि भोलि नेपाल र यूएई खेल्ने

अपि टाइम्स

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक क्रिकेट सिरिजको उपाधिका लागि नेपालले यूएईसँग खेल्ने भएको छ ।

बुधबार हङकङसँग पराजित भएपनि नेटरन रेटका आधारमा यूएई फाइनल प्रवेश गरेसँगै नेपालको प्रतिद्धन्दी टुङ्गो लागेको हो ।

सिरिजका चारै खेलमा शानदार जित सहित नेपाल यसअघिनै सिरिजको फाइनल प्रवेश गरिसकेको छ ।

समान एक खेलमा जित हात पारेपनि हङकङको तुलानमा यूएईको रनरेट राम्रो देखिएको हो ।

बुधबारको खेलमा हङकङले यूएईलाई ६९ रनले पराजित गर्यो ।

हङकङले प्रस्तुत गरेको २ सय १२ रनको विशाल लक्ष्य पछ्याएको यूएई ५ विकेट गुमाएर १ सय ४३ रनमा समेटियो ।
यूएईका खालिद साहले ३५ रन बनाउनु बाहेक अन्यको प्रर्दशन उल्लेख्य रहेन ।

सुरुआती ब्याटिङ गरेको हङकङले निर्धारित ओभरमा ३ विकेट गुमाएर २ सय १२ रन बनाएको थियो । हङकङका लागि मार्टिन कोइत्जीले सर्वाधिक ८६ रन बनाएका थिए । बाबर हायातले २० बलमा अविजित ६० रनको विस्फोटक इनिङ्स खेलेका थिए ।

नेपाल र यूएई सिरिजको उपाधिका लागि शुक्रबार त्रिवि मैदानमा खेल्नेछन् ।