मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको निधन, कारण हृदयाघात

चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको निधन, कारण हृदयाघात

अपि टाइम्स

काठमाडौँ । चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको आज बिहान सांघाईमा निधन भएको छ। चिनियाँ कम्युनिस्ट पार्टीको १७औँ, १८औँ र १९औँ केन्द्रीय समितिका राजनीतिक ब्यूरोका स्थायी समितिका सदस्यसमेत रहेका लीको हृदयाघातका कारण निधन भएको हो ।

पछिल्ला दिनहरुमा सांघाईमा आराम गरिरहेका लीलाई बिहीबार अचानक हृदयाघात भएको थियो । सबै उद्धारका उपायहरू असफल भएपछि स्थानीय समय अनुसार गए राति १२ः१० मा उनलाई मृत घोषणा गरिएको थियो ।

उनको ६८ वर्षको उमेरमा निधन भएको हो । उनको अन्त्येष्टिबारे चीन सरकारले कुनै निर्णय गरिसकेको छैन ।