काठमाण्डौँ । आफैले बनाएको टिकटक एप चीनले चलाउँदैन । छिमेकी राष्ट्र भरातमा टिकटक ब्याण्ड छ । बेलायत लगायतका ठाउँमा टिकटक बन्द छ । यस्तै थुप्रै विकसित मुलकमा टिकटक बन्द रहेको छ । यहि सन्दर्भमा नेपालमा पनि टिकटक बन्द गर्नुपर्ने आवाज नआएको होइन ।
तथापि सरकारीस्तरबाट यो वहस आएको थिएन । तर आजभोलि भने सरकारका अधिकारीबाट नै टिकटक बन्द गर्नुपर्ने धारणा आउन थालेका छन् । टिकटक लगायतका सामाजिक संजालले समाजलाई भड्काउने, द्धन्द्ध सिर्जना गर्ने, आपसमा लडाउने र भ्रम सिर्जना गराउने काम गरिरहेको निष्कर्षका आधारमा सरकारले यसबारे छलफल गर्न थालेको हो ।
सुचना तथा संचारमन्त्री तथा सरकारको प्रवक्तासमेत रहेकी रेखा शर्माले यसबारे अब सरकारले सोच्नुपर्ने बताएकी छन् । उनले अब सरकारले यसबारे चाँडै निर्णय गर्नुपर्ने पनि बताइन् । यस्तै सरकारका अरु अधिकारीले पनि टिकटक बन्द गर्नुपर्ने बताउँदै आएका छन् ।
सरकारको प्रवक्ताबाट नै यस्तो अभिब्यक्ति सार्वजनिक भएपछि यसले तरंग सिर्जना गरेको छ । टिकटक लगायतले नेपाली समाजलाई नराम्रोसंग बिगारेको धेरै बताउँछन् ।
कतिपयले भने हचुवाको भरमा सरकारले यो निर्णय गर्न नहुने बताउँछन् ।
प्रतिक्रिया