मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपाधि भीडन्तमा युएईसँग पराजित भयो नेपाल

उपाधि भीडन्तमा युएईसँग पराजित भयो नेपाल

अपि टाइम्स

काठमाडौँ । नेपाल, युएई र हङकङबीचको टी-२० क्रिकेट सिरिजको उपाधि युएईले जितेको छ। युएईले शुक्रबार त्रिवि मैदानमा भएको उपाधि भिडन्तमा नेपाललाई ४ विकेटले पराजित गर्‍यो।

नेपालले दिएको १६३ रनको लक्ष्य युएईले अन्तिम बल बाँकी छदा ६ विकेटको क्षतिमा पूरा गर्‍यो।

युएईले पहिलो विकेटका लागि ७१ रनको साझेदारी गरेको थियो। कप्तान मोहमद वासीमले पहिलो विकेट रुपमा गुल्सन झाबाट बोल्ड हुनुअघि २२ बलमा ७ चौका र २ छक्काको मद्दतमा ४५ रन बनाए।

बलिङमा नेपालका गुल्सन झा र अभिनास बोहराले २-२ विकेट लिए।


शुक्रबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको उपाधि भिडन्तमा युएईले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा १६२ रन जोड्यो।

नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरे। उनले २९ बलमा ६ चौका र ३ छक्का हिर्काए। अर्धशतक प्रहार गरेलगत्तै उनी तेस्रो विकेटको रुपमा जाहूर खानबाट ७/३ बोल्ड भएका थिए।

त्यसअघि अर्का ओपनर आसिफ शेख ७ रन र कुशल मल्ल १ रनमै आउट भए। दुवैलाई युएईका आयान खानले बोल्ड गरेका थिए।

रोहितकुमार पौडेलले १८ रन र दीपेन्द्रसिंह ऐरीले २० रन जोड्न सके। दुवैलाई युएईका अली नासीरले आउट गरेका थिए। सन्दीप जोरा १० रन र गुल्सन झा ५ रनमा आउट भएपछि नेपाल दबाबमा परेको थियो।

सोमपाल कामी पनि व्यक्तिगत १३ रनमा आयान खानबाट बोल्ड भएका थिए।

करण केसीले नटआउट २३ रन जोडे। सिरिजमा नेपालले लिग चरणका चारै खेल जितेर फाइनलमा स्थान पक्का गरेको थियो। नेपालले युएई र हङकङ दुवैविरुद्ध उत्कृष्ट खेल देखाउँदा अपराजित रहन सफल भएको हो।

अर्को सातादेखि काठमाडौंमा सुरु हुने टी(२० विश्वकप छनोटअघि नेपालले युएई र हङकङविरुद्ध टी-२० सिरिज खेलेको हो।

विश्वकप छनोटमा नेपाल समूह ‘ए’ मा छ। नेपालको समूहमा सिंगापुर, मलेसिया र ओमान छन्। नेपालले पहिलो खेल सोमबार सिंगापुरसँग त्रिवि मैदानमै खेल्नेछ।

समूहका दुई टिम सेमिफाइनल पुग्नेछन्। सेमिफाइनल जित्ने दुई टिम आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी(२० विश्वकपमा छनोट हुनेछन्।