मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले नेताहरू चढेको गाडी दुर्घटना, नविना लामासहित केही घाइते

एमाले नेताहरू चढेको गाडी दुर्घटना, नविना लामासहित केही घाइते

अपि टाइम्स

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य र पूर्वसांसद नविना लामासहितका नेताहरू सवार गाडी काभ्रेपलाञ्चोकमा दुर्घटना भएको छ।

तालढुंगाबाट बेथानचोकतर्फ आउँदै गरेको बा१४ च ७०७७ नम्बरको बस दुर्घटनामा परेको हो। उक्त बोलेरमा १८ जना सवार थिए।

उक्त बोलेरो काभ्रको बेथानचोक–१ मा दुर्घटना भएको हो।

दुर्घटनामा ११ जना घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको छ।

घाइते हुनेमा स्याङ्जाको पुतलीबजार–५ की ३६ वर्षीया सिर्जना नेपाली, उनका १३ वर्षीय छोरा शुभम श्रेष्ठ, ५ वर्षीय छोरा सुरज श्रेष्ठ, काभ्रे चौरीदेउराली गाउँपालिका–७ की पूर्वसांसद ४० वर्षीय नविना लामा रहेका छन्।
लामाको टाउको र बायाँ हातमा चोट लागेको छ। अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता राजकुमार श्रेष्ठले बताए।

यस्तै, अन्य घाइते हुनेमा खानीखोला गाउँपालिका–५ की ४० वर्षीया रचना मगर, उनकी १६ वर्षकी छोरी इन्जिला सोडारी, दोलखाको कालिन्चोजक गाउँपालिका–३ की ३२ वर्षीया मिना श्रेष्ठ, सोही ठाउँका ३५ वर्षीय गोविन्द श्रेष्ठ, खानीखोला गाउँपालिका–६ का ३५ वर्षीय दिपेन्द्र राना, पाँचखाल नगरपालिका–१२ की ३५ वर्षीय भक्तकुमारी लामा र बेथानचोक गाउँपालिका–१ का ७४ वर्षीय सिङ्त्तान तामाङ रहेका छन्।

भक्तकुमारी नेकपा एमाले बागमती प्रदेश कमिटीकी उपसचिव हुन्। यीमध्ये केहीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। एमाले नेताहरू पार्टीकै कार्यक्रममा सहभागी हुन त्यसतर्फ गएका थिए।