मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वकपमा भारतको रवाफ कायमै, इङ्ल्यान्डमाथि सहज जित

विश्वकपमा भारतको रवाफ कायमै, इङ्ल्यान्डमाथि सहज जित

अपि टाइम्स

काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले इङ्ल्यान्डमाथि जित निकालेको छ । आइतबार भएको खेलमा भारतले इङ्ल्यान्डमाथि एक सय रनको जित निकालेको हो ।

लखनउमा भएको खेलमा भारतले दिएको २३० रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले ३४ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै १२९ रन बनाएको हो ।

इङ्ल्यान्डका लागि लियम लिभिङ्गस्टोले सर्वाधिकर २७ रनको योगदान गरे । त्यस्तै डेविड विलीले अविजित १६, डेविड मलानले १६, मोइन अलीले १५, जोनी बेरिस्टोले १४ रनको योगदान गरे ।

ब्लिङतर्फ भारतका लागि मोहम्मद शामीले सर्वाधिक चार विकेट लिए । त्यस्तै जसप्रित बुमराहले तीन विकेट लिँदा कुलदिप यादवले दुई र रविन्द्र जडेजाले एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २२९ रन बनाएको थियो ।

भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ८७ रनको योगदान गरे । उनले १०१ बलमा १० चौका र ३ छक्का प्रहार गरे । त्यस्तै सूर्यकुमार यादवले ४९ रन बनाउँदा केएल राहुल ३९ र जसप्रित बुमराहले १६ रन बनाए ।

यता इङ्ल्यान्डका लागि डेविड विलीले सर्वाधिक तीन विकेट लिए । त्यस्तै क्रिस वोक्स र आदिल राशिदले समान दुई लिँदा मार्क उडले एक विकेट लिए ।

आजको जितसँगै भारत अघिल्लो चरणको नजिक पुगेको छ । भारतले ६ खेलमा जित निकाल्दै १२ अंक जोडेको छ । यता पराजित इङ्ल्यान्ड ६ खेलमा २ अंक जोडेर पुछरमा छ ।