मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारको मर्यादाक्रम, संघीय मन्त्रीभन्दा मुख्यमन्त्री सानो

सरकारको मर्यादाक्रम, संघीय मन्त्रीभन्दा मुख्यमन्त्री सानो

अपि टाइम्स

काठमाडौं । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले मुख्यमन्त्री र संघीय मन्त्रीलाई एउटै मर्यादाक्रममा राख्ने प्रस्ताव गरेको छ ।

सोमबार समितिबाट पारित ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९’ मा मुख्यमन्त्री र नेपाल सरकारका मन्त्रीलाई ८ औं नम्बरमा राखिएको छ । तर मुख्यमन्त्रीभन्दा अगाडि नेपाल सरकारका मन्त्रीलाई राखिएको छ ।

गृहमन्त्रालयका सहसचिव एवं मर्यादा शाखा प्रमुख तुलसी श्रेष्ठका अनुसार ‘पहिलोले प्राथमिकता पाउँछ र अगाडि लेखिनेको मर्यादा एउटै लहरमा भएता पनि अगाडि रहेको मानिन्छ ।’

सुरुमा प्रस्तावित विधेयकमा सम्बन्धित प्रदेशमा मुख्यमन्त्री संघीय मन्त्रीभन्दा अघिल्लो मर्यादाक्रममा राखिएको थियो । आफ्नो प्रदेश बाहिर भने संघीय मन्त्री भन्दा तल्लो मर्यादाक्रममा मुख्यमन्त्रीलाई राखिएको थियो ।
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले प्रस्तावित व्यवस्था बदलेर मर्यादाक्रमको ९ औं नम्बरमा ‘नेपाल सरकारको मन्त्री, मुख्यमन्त्री’ लेख्ने गरी राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ पारित गरेको छ ।