मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कम्बोडियामा तीन हजार करोड राखेको पत्ता लगाए एक हजार थपेर दिन्छुः ओली

कम्बोडियामा तीन हजार करोड राखेको पत्ता लगाए एक हजार थपेर दिन्छुः ओली

अपि टाइम्स

पोखरा — एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई बद्नाम गर्ने नियतका साथ कम्बोडियाको दूरसञ्चारमा तीन हजार करोड रुपैयाँ लगानी गरेको हल्ला फैलाइएको बताएका छन् ।

सोमबार पोखरामा एमालेको गण्डकी प्रदेश कमिटीका नवनिर्वाचित पदाधिकारी र सदस्यको शपथ ग्रहण कार्यक्रममा उनले भने, ‘कम्बोडियामा तीन हजार करोड मैले राखेको छु भने पत्ता लगाउनुस् । धेरै त भन्दिनँ, एक हजार रुपैयाँ थपेर तपाईंकै नाममा गर्दिन्छु ।’
कालापानीको भूभाग नेपालको नक्सामा सामेल गरेपछि तीन वर्षअघि एक भारतीय टेलिभिजनले उक्त अफवाह फैलाएको र पछि माफी मागेर उक्त सामग्री हटाएको उनले स्पष्ट पारे । गल्ती सच्याएपछि मात्रै आफूले उक्त टेलिभिजनलाई अन्तरर्वार्ता दिएको प्रसंग उनले सुनाए ।

‘गलत भयो भनेर सच्चाइसकेको कुरा अहिले नेपालमा हल्ला फैलाएको छ । कहिले ओलीको २७ रोपनी जग्गा सिमरामा, ३७ रोपनी जग्गा गठ्ठाघरमा लिएको छ भनेको छ । स्विस बैंकमा पैसा जम्मा गरेको, अनेक ठाउँमा चार–पाँचवटा विशाल घर बनाएको भनेर हल्ला चलेको छ,’ उनले भने, ‘यो सबै नेकपा एमालेलेलाई कसरी बद्नाम गर्ने भनेर नेतृत्वलाई बद्नाम गर्न खोजिएको हो ।’