मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इजरायल-हमास द्वन्द्वमा ५९ जना राष्ट्रसंघीय कर्मचारीको मृत्यु

इजरायल-हमास द्वन्द्वमा ५९ जना राष्ट्रसंघीय कर्मचारीको मृत्यु

अपि टाइम्स

काठमाडौँ — इजरायल(हमास द्वन्द्वमा संयुक्त राष्ट्र संघका कर्मचारीसमेत मारिएका छन् । अक्टोबर ७ देखि सुरु भएको द्वन्द्वमा प्यालेस्टिनी शरणार्थीहरूलाई सहायता उपलब्ध गराउने संयुक्त राष्ट्रसंघीय निकायका ५९ कर्मचारीको मृत्यु भएको हो ।

राष्ट्रसंघका अनुसार प्यालेस्टिनी शरणार्थीका लागि राष्ट्रसंघीय राहत तथा कार्य एजेन्सी९यूएनआरडब्लूए०मा कार्यरत कर्मचारी मारिएका हुन् । आइतबार जोर्डनको राजधानी अम्मानमा राष्ट्रसंघले मारिएका कर्मचारीको स्मृति समारोहसमेत आयोजना गरेको थियो ।

नेपाल भ्रमणमा रहेका राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सहकर्मीहरूको निधनमा दुस्ख व्यक्त गरेका छन् । उनले एक्समा लेखेका छन्, ुयूएनआरडब्लूएका सहकर्मी गुमाउनु पर्दा म र पूरा राष्ट्रसंघ परिवार दुस्खी छौँ । अकल्पनीय पीडाका बीच गाजामा सहकर्मीहरू आफ्नो जीवन नै जोखिममा राखेर आवश्यक सेवा दिन जुटिरहेका छन् । उनीहरूप्रति कृतज्ञ हुँदै म ऐक्यबद्धता र पूर्ण सहयोग रहने बताउन चाहन्छु ।ु

अक्टोबर ७ यता प्यालेस्टाइनतर्फ ८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा महिला र बालबालिका बढी रहेको संयुक्त राष्ट्र संघले जनाएको छ । त्यस्तै हमासको आक्रमणमा परी इजरायलतर्फ १ हजार ४ सयभन्दा बढीको मृत्यु भएको छ ।