मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कुँवरको ‘इन्ट्रि’ ले वाणगंगा माविको अध्यक्ष बन्ने शाहीको योजनामा बाधा

कुँवरको ‘इन्ट्रि’ ले वाणगंगा माविको अध्यक्ष बन्ने शाहीको योजनामा बाधा

अपि टाइम्स

काठमाडौँ । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ४ स्थित ‘वाणगंगा माध्यमिक विद्यालय’ ठाकुरापुरको विद्यालय व्यवस्थापन समितिको अध्यक्षको चयन हुँदैछ । यो विद्यालय जिल्लाको जेठो विद्यालयमध्येमा पर्दछ ।

करिब ८ बर्षपछि समितिको अध्यक्ष चयन हुन लागेको हो । स्थानीय राजनैतिक दल, विद्यालय प्रशासन र स्थानीय शिक्षकको प्रतिनिधित्वको बहुमतले अध्यक्ष चयन गर्ने प्रावधान छ ।

त्यहि प्रावधानको आधारमा अहिले चयन प्रकृया भइरहेको छ, जसमा अध्यक्षमा २ जनाको प्रतिस्पर्धा छ । स्थानीय समाजसेवाी कृष्ण कुँवर र पूर्वशिक्षक मदन शाही प्रतिस्पर्धामा छन् । यी दुईमध्ये वहुमतले एक जना अध्यक्षमा चयन हुनेछन् । शाही एमालेबाट हुन् भने कुँवर माओवादीकेन्द्रबाट ।

श्रोतका अनुसार कुँवर अध्यक्ष हुने पक्का भएको छ । नेकपा एमालेसहितको समर्थनमा अध्यक्षको पक्कामा पुगेका शाही कुँवरको इन्ट्रिपछि तनावमा छन् । अध्यक्ष चुन्ने ९ जनाको प्रतिनिधित्वमा कुँवरलाई वहुमत पुग्ने भएपछि शाहीको सम्भावना सकिएको श्रोत बताउँछ ।

‘एमालेबाट २, काँग्रेसबाट २, माओवादीबाट २, विप्वल माओवादीबाट २, विद्यालयको प्रधानाध्यापक र शिक्षक प्रतिनिधबाट १ /१ जना गरी ९ जनाले समितिको अध्यक्ष चुन्ने प्रावधानमा कुँवरको पक्षमा एमालेबाहेकका सबैको सहमति रहेका कारण शाहीमा अब बहुमत पुग्ने सम्भावना छैन’, श्रोत भन्छ ।

व्यवस्थापन समितिको अध्यक्ष बन्ने अनुसार शाही केहि महिनाअघि स्कुलको जागिर छोडेर बसेका थिए । कुँवरको इन्ट्रि नहुँदासम्म उनकै पक्षमा बहुमत थियो । तर कुँवरको इन्ट्रिले उनलाई तनाव भएको हो ।

आफ्नो पक्षमा बहुमत पुग्ने नभएपछि एमाल प्रतिनिधिले वैठक नै वहिष्कार गरेको सम्भावित अध्यक्ष कुँवरले अपि टाइम्सलाई बताए । ९ सदस्यीय प्रतिनिधि मण्डलको अब बस्ने वैठकले अध्यक्ष घोषणा गर्नेछ । त्यो वैठक एक साताभित्र बस्ने बताइएको छ । अन्य खैलाबैला नभएको खण्डमा अबको वैठकले कुँवरलाई नै अध्यक्ष घोषणा गर्ने बताइन्छ ।

८ बर्ष पहिले गणेश चौधरी अध्यक्ष थिए । उनी भूमिगत भएपछि विद्यालयले अध्यक्ष पाएको थिएन ।

नोटः यसअघि लेखिएको कुँवरको ‘इन्ट्रि’ ले वाणगंगा माविको अध्यक्ष बन्ने शाहीको सपना तुहियो शीर्षकमा
मदन शाहीले आपत्ति जनाएपछि कुँवरको ‘इन्ट्रि’ ले वाणगंगा माविको अध्यक्ष बन्ने शाहीको योजनामा बाधा बनाइएको छ ।